सुजुकी बाइकको नगद छुट योजना

suzuki copyकाठमाडौं । सुजुकी बाइकको नेपालको आधिकारिक वितरक भिजी अटोमोबाइल्सले दसैँतिहारलाई लक्षित गर्दै नगद छुट योजना ल्याएको छ । कम्पनीले ‘सुजुकी दसैँतिहार चक्कामा चक्का नगद पक्का’ योजनाअन्तर्गत हरेक सुजुकी बाइकको खरिदमा ७ हजार र स्कुटरको खरिदमा ९ हजार रुपैयाँ तत्कालै छुट दिने जनाएको छ ।

बाइक किनेपछि ग्राहकले स्क्रयाच कार्डमार्फत १ लाख रुपैयाँसम्म छुट दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बम्पर उपहारमा रेनल्टको क्विड दिइनेछ । यो योजना बिहीबारदेखि लागू भएको छ । कम्पनीले यसका साथै बाइकमा ५ वर्षे वारेन्टी दिने पनि जनाएको छ । कम्पनीले सबै सोरुममा एक्सचेन्ज र फाइनान्सको सुविधा पनि रहेको बताउँदै आफ्ना नेपालभरका ७० वटा सोरुममा यो सुविधा रहेको बताएको छ ।

प्रतिक्रिया