मदिरामय तिज

मुलुक यतिबेला महिलाको विशेष चाड तिजको रमझममा छ । हिन्दू महिलाहरूले भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन व्रत तथा भगवान्को आराधना गरी तिज पर्व मनाउ“छन् । मनोकामना पूर्णहोस् भन्दै द्वितीयदेखि चौथीसम्म शिवजीको पूजा र आराधना गरिन्छ भने पञ्चमीको दिन ऋषिहरूको पूजा गरिन्छ । तिजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । हरितालिका तिजपर्व समग्र हिन्दू महिलाहरूले मनाउने भए पनि नेपाली हिन्दू महिलाले विशेष रूपमा मनाउ“छन् । व्रत तथा आराधनाका अलवा नाचगान गरी हर्षाेल्लासपूर्ण रूपमा तिज मनाउने परम्परा नेपालमा छ । नेपाली महिलाले तिजलाई विशेष रूपमा मनाउनुको मौलिक कारण छ । हिमालय पर्वतकी पुत्री पार्वतीले आफ्ना पति भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन व्रत बसेको धर्मग्रन्थमा उल्लेख छ । नेपाल हिमाली मुलुक हो । एक हिसाबले नेपालका महिलाहरू हिमालयकै छोरी हुन् । त्यसले तिजपर्व नेपालको माटोस“ग गा“सिएको छ ।

चाडपर्व संस्कृति आदि भनेका देशका सम्पत्ति तथा पहिचान पनि हुन् । यी पहिचानलाई समय सुहाउ“दो ढंगले अघि बढाउ“दै लैजानुपर्छ । व्रत तथा आराधना र मनोरञ्जन गरी मनाउने तिज पर्वका दुई विशेषता छन् । यी विशेषता एक अर्काका पूरक हुन् । तिजको बेलामा छोरी चेली माइत जाने परम्परा छ । विवाह भएर टाढाटाढा पुगेका छोरी चेलीहरू माइतीगाउ“मा जम्मा भएर गीतमार्फत सुखदुख बा“ड्छन् । आआफ्नो ठाउ“को चालचलन पनि साटासाट गर्छन । आँफू राम्रो र सम्पन्न घरमा परेको कुरा साथीसंगीलाई सन्देश दिनका लागि राम्रा कपडा र गरगहनाले चिटिक्क परेर सि“गारिने प्रचलन पनि छ । साथै गीतमार्फत आफ्ना पीडा र वेदना माइतीलाई पोख्ने चलन छ । आफ्नो जन्मघर आएकी छोरी चेली, दिदी बहिनीलाई माइतीपक्षले सकेसम्म मीठो मसिनो खानदिने चलन छ । यो अत्यन्त राम्रो प्रचलन हो ।समयको परिवर्तनस“गै सामाजिक संरचना तथा जिविकोपार्जनका स्रोत पनि परिमार्जन हु“दै गएका छन् । अहिलेका युगमा महिला घरको काममा मात्रै सीमित छैनन् । कृषि बाहेकका रोजगारीमा पनि प्रशस्त महिला सहभागी हुने गरेको पाइन्छ । शिक्षाका कारण चेतनास्तर बढेको छ । व्रत तथा आराधनका विधि र शैली पनि समयानुकूल परिवर्तन हु“दै गएका छन् । व्रत तथा पूजा आराधनको तरिकामा समयानुकूल सकारात्मक रूपमा परिवर्तन हु“दै गए पनि मनोरञ्जनको शैलीमा भएका परिवर्तन भने सकारात्मक देखिएका छैनन् ।

खासगरी सहरी क्षेत्रमा तिजको मनोरञ्जनका नाममा विकृति बढ्दै गएको छ । एक महिना अघिदेखि पार्टी प्यालेसमा भोजको आयोजना गर्ने र हिन्दी तथा अंग्रेजी गीत लगाएर मदिराको नसामा झुम हु“दै नाच्ने प्रचलन सुरु भएको छ । यो प्रचलनले तिजको मौलिकतामा त खिल्ली उडाएको छ नै साथसाथै सामाजिक विकृति बढ्न थालेको छ । ‘पुरुषले दारु खान हुने हामीले किन नहुने ?’ भन्ने शैलीमा कतिपय महिला प्रस्तुत हुन थालेका छन् । पुरुष हुन् या महिला अनियन्त्रित रूपमा मदिरा सेवन गर्नु भनेको विकृति नै हो । समाजलाई नै अपाच्य हुने काम गर्न न  पुरुषलाई छुट छ न महिलालाई । जसले गरे पनि गल्ती भनेको गल्ती नै हो । मदिरा खानै नहुने वस्तु भने होइन तर यसको सही ठाउ“मा सही उपयोग हुनपर्छ । जनजाति समुदायमा चाडपर्वमा मदिरा खाने चलन छ । जनजाति महिलाहरूले पनि तिज पर्व मनाउन थालेका कारण तिजमा मदिरापानको प्रवेशलाई आपत्तिजनक रूपमा लिन पनि मिल्दैन । मिलाएर खान जाने नराम्रो होइन । तर, गुलियो पनि धेरै खायो भने तीतो हुन्छ । यसैगरी, तिजका गीतको नाचगानमा पुरुषको पनि प्रवेश भएको छ । पुरुषको प्रवेशले तिजको मौलिकता हराउन पनि सक्ने खतरा बढ्दै गएको देखिन्छ ।

प्रतिक्रिया