रियाद । बहराइन र कतारबीच नयाँ संकट उत्पन्न भएको छ । बहराइनले आफ्नो सरकार विरोधी षड्यन्त्रमा कतार संलग्न रहेको आरोप लगाएको छ । बहराइनको सरकारी टेलिभिजन च्यानलले सन् २०११ मा विरोधी विपक्षी गुटसँग मिलेर कतारले सरकारको शासन विरुद्धको षड्यन्त्रलाई अन्तिम परिणाम दिएको आरोप लगाएको छ ।टेलिभिजनले कथित टेलिफोन रेकर्ड पनि सार्वजनिक गरेको छ जसमा भएको कुराकानीलाई कतारका तत्कालीन प्रधानमन्त्री हमाद बिन जासिम अल–थानी र बहराइनको विरोधी विपक्षी गुट अल वफान्कका नेता अली सलमानबीचको कुराकानी भनिएको छ ।
बहराइनमा आतंकवाद फैँलाउने काम गरेको आरोप लाग्दै आएका अल बफाकका नेता अली सलमानलाई आतंकवादसँग सम्बन्धित अपराधका लागि सजायसमेत सुनाइएको छ । उक्त टेलिफोन वार्तामा दुवै जनाले बहराइनविरुद्ध अस्थिरतालाई बढवा दिन सहमति जनाएको दाबी उक्त टेलिभिजनले गरेको छ ।टेलिफोन वार्तालाई लिएर बहराइनको सरकारले अनुसन्धानसमेत सुरु गरेको छ । बहराइनबलगायत साउदी अरब, संयुक्त अरब इमिरेट्स, इजिप्टले गएको जुनमा कूटनीतिक सम्बन्ध तोडेपछि उत्पन्न समस्याबीच बहराइन र कतारबीच फेरि अर्को संकट देखिएको हो । देशहरूले कतारले इरानको नजिक रहेको अतिवादी संगठनसँग साँठगाँठ गरेको आरोप लगाएका छन् तर, कतारले यो आरोपको खण्डन गर्दै आएको छ ।
प्रतिक्रिया