कोलोम्बो, ३१ साउन । श्रीलङ्कामा नयाँ विदेशमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले मङ्गलबार विदेश मन्त्रीमा तिलक मरापानालाई नियुक्ति गरेका हुन् ।
राष्ट्रपति कार्यालयको सञ्चार शाखाद्वारा जारी विज्ञप्तिमा सो जानकारी दिइएको प्राप्त समाचारमा जनाइएको छ । मरापाना यस अघि श्रीलङ्काका विकास मन्त्री थिए । मरापाना सत्ताधारी दल युनाइटेड नेसनल पार्टीकै सदस्य हुन् ।
यसअघि विदेशमन्त्री रबि करुणानायकेले राजिनामा दिएपछि मरापानालाई विदेशमन्त्रीमा नियुक्ति गरिएको सो समाचारमा जनाइएको छ । करुणानायकलाई भ्रष्टाचारको आरोप लागेपछि उनले राजिनामा दिएका हुन् । मरापाना यसअघि पनि कानून र जेल सुधारमन्त्री पनि भएका थिए ।
प्रतिक्रिया