ट्राफिक कारबाहीबाट ११ लाख

बैतडी ५ साउन । आर्थिक वर्ष ०७३÷७४ मा ट्राफिक कारबाहीबाट ११ लाख राजस्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक प्रेमबल्लभ जोशीका अनुसार ट्राफिक नियम उल्लंघन गरी सावरीसाधन चलाउने १ हजार ८ सय ८४ चालकबाट ११ लाख १५ हजार राजस्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्नेमा सबैभन्दा बढी १ हजार १ सय ३० जिप–कार चालकबाट ६ लाख २ हजार, ३ सय ८६ ट्रक चालकबाट २ लाख ६७ हजार, १ सय ८२ मोटरसाइकल चालकबाट १ लाख २८ हजार, ट्रयाक्टर चालकबाट ८० हजार र बस चालकबाट ३७ हजार राजस्व संकलन भएको छ ।

आव ०७२÷७३ मा २ हजार २ सय २४ सवारी चालकबाट ७ लाख २५ हजार राजस्व संकलन भएको थियो । जरिवाना गरिएसँगै मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने, तीव्र गतिमा गाडी हाक्नेलगायत घटनामा कमी आएको छ ।

प्रतिक्रिया