शैक्षिक मेलाको तयारी पूरा

काठमाडौं ५ साउन । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ११औँ बृहत् शैक्षिक मेलाको तयारी पूरा भएको छ । मेला बिहीबारदेखि हुने भएको पनि इक्यानले जनाएको छ । यो वर्ष २ सय ३६ भन्दा बढी स्टल तथा १४ वटा पेभिलियनका साथ मेला सञ्चालन हुने इक्यानले जनाएको छ ।  मेलाका विशेषतामा एकै स्थानमा विश्वका उत्कृष्ठ गन्तव्य मुलुकको शिक्षा प्रणाली र अवसरको विषयमा जानकारी दिने लक्ष्य आयोजकको छ ।

विशेषतः अमेरिका, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानडा, जापान, श्रीलंका, डेनमार्कलगायत युरोपियन मुलुकहरू तथा छिमेकी राष्ट्रहरू भारत र चीनका विभिन्न विश्वविद्यालय तथा कलेजको प्रतिनिधित्व गर्ने शैक्षिक परामर्शदातासँग साक्षात्कार गर्नेमा इक्यानले जोड दिएको छ । मेलामा श्रीलंकास्थित ४ वटा कलेजको प्रत्यक्ष उपस्थिति रहनेछ ।

प्रतिक्रिया