हिमालयन पावरको सेयर बाँडफाँड

himalyan-power partnerकाठमाडौं ५ साउन । हिमालयन पावर पार्टनरले निष्कासन गरेको साधारण सेयरमा सदर आवेदक सबैले न्यूनतम १० कित्ता सेयर पाएका छन् । धितोपत्र बाँडफाँड निर्देशिका ०७४ अनुसार आवेदक १० कित्ता दरले सेयर पाएका छन् । निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आवेदन सदर भएका १ लाख ६३ हजार ७ सय ३७ जनाले १० कित्ता सेयर पाएका छन् । १२ सय ६४ आवेदकको आवेदन रद्द भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि १९ लाख ८१ हजार ६ सय ७५ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । सबै आवेदकलाई १० कित्ता सेयर बाँडफाँड गरेपछि बाँकीरहेको सेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । यसरी गोलाप्रथाबाट ३४ हजार ४ सय ३० जनाले थप १० कित्ता सेयर पाए । यसरी बाँकी हुँदा ५ जना लगानीकर्ताले थप १ कित्ता सेयर पाएका छन् । कम्पनीले प्रतिकित्ता १ सय बराबर २१ लाख ३० हजार ४ सय ३० कित्ता सेयर निष्कासन गरेको थियो ।

प्रतिक्रिया