मध्यनेपालको बजेट ३८ करोड

लमजुङ ४ साउन । मध्यनेपाल नगरपालिकाले आर्थिक वर्ष ०७४÷७५ का लागि ३८ करोड ४७ लाख ६२ हजार रुपैयाँ बराबरको बजेटसहित नीति तथा कार्यक्रम पारित गरेको छ । नगरप्रमुख रमेशकुमार पाण्डेले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४ करोड १६ लाख १५ हजार, पूँजीगततर्फ सशर्त अनुदान १५ करोड २६ लाख १७ हजार र वित्तीय समानीकरणतर्फ १२ करोड ४८ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी स्थानीय विकास सशर्त अनुदान ५ करोड २५ लाख ८३ हजार, राजस्व बाँडफाँड ८ लाख र राजस्व बाँडफाँड (प्राकृतिक स्रोत)तर्फ १ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । रासस

प्रतिक्रिया