द्वन्द्व प्रभावितलाई १७ करोड ४१ लाख

काठमाडौं ४ साउन । १० वर्षीय सशस्त्र द्वन्द्वका समयमा तत्कालीन राज्य र विद्रोही पक्षका द्वन्द्व प्रभावितलाई १७ करोड रुपैयाँभन्दा बढी राहत वितरण गरिएको छ । निधन भएका र बेपत्ता रहेकाहरूको परिवारका साथै विस्थापितलाई राहत वितरण गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालयले १८ करोड ४० लाख पठाएकोमा अहिलेसम्म १७ करोड ४१ लाख ८७ हजार ८ सय ४५ रुपैयाँ वितरण गरिसकिएको स्थानीय शान्ति समितिका कार्यालय प्रमुख रुलबहादुर आलेले जानकारी दिए ।
द्वन्द्वमा निधन भएकाहरूको परिवारलाई यसअघि ५ लाख रुपैयाँका दरले राहत दिइएको थियो । यसवर्ष ५ लाख थप गरी १० लाख रुपैयाँ राहत उपलब्ध गराइएको हो । विस्थापितको परिवारलाई भने २५ हजारका दरले राहत दिइएको छ ।

प्रतिक्रिया