आक्र्स ग्रुपको हाइगर मिनिबस बजारमा

higher mini busकाठमाडौं ४ साउन । आक्र्स ग्रुप प्रालिले हाइगर बस कम्पनीद्वारा निर्मित २७ सिट क्षमता भएको मिनिबसको नेपाली बजारमा बिक्री वितरण सुरु गरेको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले मंगलबार एक कार्यक्रमबीच उक्त हाइगर मिनी बसको शुभारम्भ गरेका हुन् ।  नेपालमा धेरै यात्रु अट्ने गाडीहरूको आवश्यकता रहेकोले सरकारले मौद्रिक नीतिमार्फत ठूला गाडीको आयातलाई प्राथमिकता दिएको पनि महराले बताए । कार्यक्रममा नाटाका अध्यक्ष मधु आचार्यले पर्यटकको लागि सुविधायुक्त अत्याधुनिक बसहरू आवश्यक रहेको अवस्थामा हाइगर मिनीबस शुभारम्भ गरिएकोमा खुसी व्यक्त गर्दै ग्रुपको सफलताका लागि शुभकामना व्यक्त गरे ।
कार्यक्रममा ग्रुपका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले आयात गरिएको हाइगर मिनीबस तथा उत्पादक कम्पनीबारे जानकारी दिए । आयात गरिएको मिनीबसमा एसी हिटर, वाइफाई, रेफ्रिजिरेटर, टिभीलगायत सुविधा रहेको छ । हाल आयात गरिएको हाइगर मिनीबसको मूल्य ७३ लाख ७५ हजार रहेको छ । शुभारम्भको अवसरमा ४ लाखसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया