सनराइज बैंकको हकप्रद सेयर बाँडफाँड

sunrise bank

काठमाडौं ४ साउन । सनराइज बैंक लिमिटेडको हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकको नवौँ वार्षिक साधारणसभाबाट पारित विशेष प्रस्ताव बमोजिम बैंकको सेयरधनीको रूपमा २९ वैशाखसम्म कायम रहेका सेयरधनीका लागि १९ सेयर बराबर ३ सेयरको अनुपातमा प्रतिसेयर मूल्य सय रुपैयाँ अंकित दरको १ करोड ६३ लाख ५९ हजार ६ सय ३६ कित्ता हकप्रद साधारण सेयर निष्काशन गरिएको थियो ।

गत १९ असारमा हकप्रद सेयर निष्काशनसम्ममा रीतपूर्वक प्राप्त आवेदन दिने ७१ हजार ६ सय १३ जना सेयरधनीलाई १ करोड ५६ लाख ४६ हजार २ सय ९४ कित्ता सेयर बाँडफाँड गरिएको हो ।  हकप्रद सेयर बाँडफाँडपछि बैंकको चुक्ता पुँजी ७ अर्ब २ करोड पुगेको छ । साथै गत आव ०७३÷७४ को नाफाबाट बोनस सेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी न्यूनतम ८ अर्ब पु¥याउने लक्ष लिइएकोमा सो बमोजिम बैंकको चुक्ता पुँजी कायम रहने बैंकले जनाएको छ ।

प्रतिक्रिया