एम्कोको नयाँ ब्याट्रीको बिक्री सुरु

amcoकाठमाडौं । बौद्ध इन्टरप्राइजेज प्रालिले नेपालको लागि एम्को ब्याट्रीको बिक्री कार्य सुरु गरेको छ । एम्को ब्याट्रीको नेपालको लागि आधिकारीक बिक्रेताको रूपमा रहेको बौद्ध इन्टरप्राइजेज रहेको छ ।

एम्कोका उत्पादनहरूको बारेमा थप जनचेतना फैलाउन वेभ तथा मोबाइल एप्सका साथै लोयल्टी आधारित खुद्राव्यापार उपहार कार्यक्रम पनि सुरुआत गरिएको छ ।

एम्को ब्याट्री लिमिटेड ६० वर्ष लामो बृहत् अनुभव बटुलेको कम्पनी हो । बजारमा रहेका टिभिएस मोटर्स, बजाज अटो, हिरो मोटो कोर्प, होन्डा सुजुकी, रोयर इनफिल्डजस्ता कम्पनीले एम्को ब्याट्री प्रयोग गर्ने गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा एम्को ब्याट्री लिमिटेडका कार्यकारी निर्देशक एस. रामाचन्द्रनले बजारमा भित्राएका विद्युतीय उत्पादनको कार्यक्षमताको तुलनामा अरू नरहेको र जेआइएस विशिष्टिकरणअन्तर्गतको हेभि लोड वहनक्षमता जाँचमा उल्लेखनीय मात्राले अगाडि रहेको बताए । व्यापार तथा बजारीकरण शाखाका उपप्रमुख आर.श्रावन कुमारले एम्कोको लागि नेपाल आधिकारिक बिक्रेता बौद्ध इन्टरप्राइजेजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

एम्कोका नयाँ प्रविधियुक्त ब्याट्रीको गुणस्तरीयताले नेपालका प्रयोगकर्तामाझ लोकप्रिय हुनेकम विश्वस्त रहेको बौद्ध इन्टरप्राइजेजका कार्यकारी अध्यक्ष विराज ज्ञवालीले बताए । ज्ञवालीले हालै मात्र स्थापना गरेको वेभ तथा मोबाइल एप्सले मार्केटिङ सञ्चार मञ्चलाई फराकिलो पार्नुका साथै हाम्रा थोक तथा खुद्रा बिक्रेतासँगको अन्तरक्रिया थप सहज हुने बताए ।

प्रतिक्रिया