ओटो चेकर मोबाइल बजारमा 

otto mobileकाठमाडौं ३० असार । ओटो मोबाइलको नेपालका लागि आधिकारिक वितरक जयमा इन्टरकन्टिनेन्टलले ओटो चेकर मोबाइल फोन बजारमा ल्याएको छ । दक्षिण एसियाली बजारमा पहिलो पटक ‘ओटो चेकर तपार्इंको केयर टेकर र संरक्षक’ नाराका साथ सार्वजनिक गरिएको सो फोनले सहजरूपमा ग्लुकोज जाँच्न सक्छ । ओटो चेकर ओटो फोनअन्तर्गतको पहिलो नयाँ प्रकारको फोन भएको कम्पनीको भनाइ छ । बायोल्यान्ड टेक्नोलोजीद्वारा सह–निर्माण गरिएको र यसमा रहेको विशेष डिजाइनमा बनेको ग्लुको मिटरले शरीरमा रहेको ग्लुकोजको मात्रा पत्ता लगाउन मद्दत गर्ने पनि कम्पनीले जनाएको छ । यो संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधी संघद्वारा प्रमाणित गरिएको दाबी गरिएको छ ।

बायोल्यान्डद्वारा निर्मित सो विशेष किट ओटो चेकरमा उपलब्ध रहेको छ । यसमा रहेको पेडोमिटरले पैदल यात्रा गर्दा कति दुरी कति पाइलामा पार ग¥यो भन्ने जानकारी गराउन मदत गर्दछ । यसमा फेसबुक चलाउने उपभोक्तालाई लक्षित गरी डेडिकेटेड फेसबुक एप्लिकेसन राखिएको छ भने रेडियो र संगीत प्रेमीका लागि यस मोबाइलले थप डेडिकेटेड केरपाओर एम्प्लिफायर चिपसेट राखेको छ । कम्पनीले सो फोनका साथमा ग्लुकोज जाँच्नका लागि ५ वटा ग्लुकोज टेस्ट स्ट्राइप निःशुल्क उपलब्ध गराउने र थप ग्लुकोज टेस्ट स्ट्राइप आवश्यक परेमा ५० वटा ग्लुकोज टेस्ट स्ट्राइप १ हजार रुपैयाँमा किन्न सकिने जानकारी दिएको छ ।

प्रतिक्रिया