मनिषा एनआइसी एसियाको ब्रान्ड एम्बेसडर

Nic asiyaकाठमाडौं ३० असार । मनीषा कोइराला एनआइसी एसिया बैंकको ब्रान्ड एम्बेसडरमा अनुबन्धित भएकी छन् । बैकको २०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा चलचित्रकर्मी नायिका तथा समाजसेवी कोइरालालाई ब्रान्ड एम्बेस्डरको रूपमा आगामी दुई वर्षको लागि अनुबन्धन गरिएको हो । सो सम्बन्धमा बैंक तथा अभिनेत्री कोइरालाबीच सम्झौता भएको छ । राजधानीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र अभिनेत्री कोइरालाले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रिसालले अभिनेत्री मनीषासँगको सहकार्यले बैंकको प्रवद्र्धनमा सहयोग पुग्ने विचार व्यक्त गरे । अभिनेत्री कोइरालाले बैंकको प्रतिष्ठा, भिजनको बारेमा अध्ययन गरेर नै आफूले ब्रान्ड एम्बेसडरको प्रस्ताव स्वीकार गरेको बताइन् । बैंक र नेपाली तथा भारतीय चलचित्रमा आफ्नो उत्कृट अभिनयमा सफल अभिनेत्री कोइराला बीचको अनुबन्धले बैंकको व्यवसाय प्रबद्र्धनमा सहयोग हुनुका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा थप उर्जा मिल्ने जनाएको छ ।

प्रतिक्रिया