अग्नि ग्रुपद्वारा खेल सामग्री प्रदान

IMG_7600काठमाडौं ३० असार। अग्नि ग्रुप नेपाल एपिएफ क्लबको फुटबल खेल प्रवद्र्धनको लागि अग्नि इन्कर्पोरेटेड प्रालि महिन्द्राले प्रायोजन गर्दै आएको छ । यसै सिलसिलामा बिहीबार अग्नि ग्रुपका तर्फबाट अर्जुन शर्माले एपिएफ प्रमुख सिंहबहादुर श्रेष्ठलाई आगामी सिजनको लागि आवश्यक पर्ने जम्मा एघार सय २८ थान जर्सी तथा ट्रयाक प्रदान गरेका छन् । अग्नि ग्रुपले उक्त टिमलाई ५ वर्षको लागि प्रायोजन गरेको छ । यस अवस्थामा अग्निले एपिएफ क्लबलाई वर्षभरी आवश्यक पर्ने खेल सामग्री निरन्तर उपलब्ध गराउँदै आएको छ ।

नेपालमा खेलकुदको विकासमा अग्नि ग्रुपको प्रायोजनसँगै सकारात्मक प्रभाव परेको छ भने यो एपिएफ क्लबले समग्र देशको खेलकुद विकासमा उत्तरदायी एवं जिम्मेवारीपूर्ण भूमिका खेल्दै आएको छ । अग्नि ग्रुपले आफ्नो सामाजिक उत्तरदायी भूमिकाअन्तर्गत यसपटक आफूलाई नेपाली खेल जगत्मा केन्द्रित गराएको छ ।  राष्ट्रिय लिगमा मात्र केन्द्रित नभई खेलकुदको जरैदेखि विकास गर्नमा अग्नि केन्द्रित रहेको छ । अग्निको यस कदमले गर्दा नेपाली फुटबल तथा फुटबलका फ्यानहरूलाई विशेष फलदायी भएको छ ।
अग्नि ग्रुपको बारेमा
सन् १९९१ मा नेपालमा स्थापना भई विस्तार भएको अग्नि ग्रुप प्रालिअन्तर्गत अग्नि इन्कर्पोरेटेड, अग्नि इनर्जी, अग्नि मोटो इन्क, बालाजु अटो वक्र्स रहेका छन् । यी कम्पनीहरूले महिन्द्रा युटिलिटी भेइकल, ट्र्याक्टर, टुह्विलर तथा विद्युतीय कार तथा जेनेरेटरहरू बिक्रीवितरण गर्दै आएका छन् ।

प्रतिक्रिया