युनाइटेड इन्स्योरेन्सद्वारा बीमा रकम हस्तान्तरण

IMG_20170711_163905काठमाडौं ३० असार । युनाइटेड इन्स्योरेन्स कंं. नेपाल लिले गत असार २७ गते मंगलबार ओम कृषि फर्ममा आगलागीमा परी मृत्यु भएका ५९ वटा गाईहरूको क्षतिपूर्तिबापत रकम प्रदान गरेको छ । कम्पनीका तर्फबाट कामु नायब महाप्रबन्धक जीवनकुमार उप्रेतीले बीमितको तर्फबाट बाबुराम कार्कीलाई ५८,९५,००० रुपैयाँको क्षतिपूर्तिबापतको चेक रकम हस्तान्तरण गरे । बीमितको तर्फबाट कार्कीले बीमाबापतको क्षतिपूर्ति रकम सहज र सरल प्रक्रियाबाट पाएकोमा बीमक कम्पनीलाई धन्यवाद दिँदै खुसी प्रकट गरेको युनाइटेड इन्स्योरेन्सद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया