म्यानमारको पर्यटक भित्र्याउने विशेष योजना

यांगुन । म्यानमारले यसवर्ष यहाँ धेरैभन्दा धेरै पर्यटक भित्र्याउन विशेष कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । म्यानमारले यस वर्ष यहाँ कम्तीमा ३५ लाख पर्यटक भित्र्याउने योजना बनाएको छ । यसका लागि होटलको क्षमता अभिवृद्धिका साथै पर्यटकीय पूर्वाधार निर्माण एवं विमान सेवाको क्षमता विकासका कार्यक्रम अघि सारेको जनाइएको छ । यसवर्षको अप्रिलसम्म १२ लाख मात्र पर्यटक म्यानमार पुगेका थिए । यही संख्या पनि गतवर्षको तुलनामा २५ प्रतिशतले बढी हो । अघिल्ला वर्षहरूका तुलनामा पछिल्लो समयमा बढी पर्यटकले भ्रमण गरेका होटेल तथा पर्यटन मन्त्रालयले बताएको छ ।
सो मन्त्रालयद्वारा उपलब्ध गराइएको तथ्यांकअनुसार सन् २०१६ मा २९ लाख पर्यटकले म्यानमार भ्रमण गरेका थिए भने सन् २०१५ मा त्यो भन्दा केही बढी रहेका थिए । यस देशले पर्यटन क्षेत्रलाई बढावा दिने प्रयास जारी राखेको जनाएको छ । पर्यटकीय आकर्षणसम्बन्धी कार्यक्रम हाल म्यानमारले सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया