इजिप्टका नागरिकको शव लिवियाको मरुभूमिमा !

कायरो । उत्तरी लिवियाको मरुभूमिमा फेलापरेका १९ वटा शव इजिप्टका नागरिक भएको हुनसक्ने अनुमान गर्दै इजिप्टको विदेश मन्त्रालयले अनुसन्धान सुरु गरिएको जनाएको छ ।मन्त्रालयका प्रवक्ताले शनिबार विज्ञप्ति जारी गर्दै लिवियाको राजधानी ट्रिपोलिमा रहेको इजिप्टको दूतावासले हालै मात्र यस बारेमा कायरोबाटै प्रक्रिया अगाडि बढाएको जनाएको छ । लिवियाको रेड क्रिसेन्टले लिबियाको टोब्रुक र अज्डावियाको बीचमा पर्ने मरुभूमिमा १९ जनाको शव भेटिएको जानकारी दिएको विदेश मन्त्रालयका प्रवक्ता अहमद अबु जेइडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मृतकमध्ये सात जनाको भने पहिचान खुलेको पनि उनले जानकारी दिए । अवैध तरिकाले सीमा पार गरिरहेका बेला तस्करले उनीहरूको हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । लिबियाको मरुभूमिमा भेटिएका ती शव कुन देशका नागरिकका हुन् भन्ने बारेमा यसअघि निकै खोजी भएको थियो । अधिकारवादीले यस बारेमा खोजी गरेका थिए । मारिएका ती व्यक्ति इजिप्टेली हुन् भन्ने बारेमा भएको अनुसन्धानबाट सात जनाको पहिचान खुलेपछि अरू पनि यहीँका भएको अनुमान गरिएको हो ।

प्रतिक्रिया