चीन–पाकिस्तानबीच विज्ञान प्रविधि सम्झौता

इस्लामावाद । चीन र पाकिस्तान विज्ञान र प्रविधिको क्षेत्रमा द्विपक्षीय सहयोग र समन्वय अभिवृद्धिका क्षेत्रमा सहमत भएका छन् ।  साथै यी दुई देशले रोड एन्ड बेल्ट इनिसिएटिभका माध्यमबाट विज्ञान र प्रविधिका क्षेत्रमा साझा लगानी र समन्वयसम्बन्धी सम्झौता पनि गरेका छन् ।  शनिबार पाकिस्तानका राष्ट्रपति मनुन हुसेन र चीनका विज्ञान प्रविधिसम्बन्धी मन्त्री वाङ चोङबीच सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । चिनियाँ मन्त्री चोङ चीन–पाकिस्तान संयुक्त संयन्त्रको १८औँ बैठकका लागि पाकिस्तान पुगेका छन् । सोही क्रममा उक्त सम्झौता भएको थियो ।
सो क्रममा मन्त्री चोङले चीन पाकिस्तान रणनैतिक साझेदार राष्ट्र भएकोले आगामी दिनमा पनि बेल्ट एन्ड रोड इनिसिएटिभ्सका माध्यमबाट कयौँ आयोजना गर्न सकिने धारणा राखे । उनले चीन–पाकिस्तान सम्बन्धको एक महत्वपूर्ण अध्याय भनेको यी दुई देशको बीचमा रहेको चीन पाकिस्तान आर्थिक मार्ग हो भने । यस ओबिओआर आयोजनामार्फत चीनले पाकिस्तानसँग मिलेर विज्ञान प्रविधिका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्ने र नयाँनयाँ आविष्कारका लागि पनि सामुहिक सहकार्यको मार्ग प्रशस्त गर्ने उनले बताए ।

प्रतिक्रिया