जलवायु मुद्दामा १९ राष्ट्र एकातिर अमेरिका एक्लै !

g 20 aएजेन्सी, २५ असार । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जी ट्वेन्टी भनिने विश्वका प्रमुख २० आर्थिक शक्ति राष्ट्रहरुको ह्यामवर्गमा भएको सम्मेलन अभूतपूर्व रुपमा सफल भएको बताएका छन्।

त्यसअघि सम्मेलनको अन्त्यमा जारी गरिएको अन्तिम वक्तव्यले जलवायु परिवर्तन सम्बन्धी मुद्दामा अमेरिका एक्लिएको पुष्टी गरेको थियो। उक्त संयुक्त वक्तव्यमा प्यारिस सम्झौताबाट अलग हुने अमेरिकी निर्णय र दीर्घकालिन रुपमा खनिज इन्धन प्रतिको उसको प्रतिबद्धतालाई जानकारीमा लिएको उल्लेख गरिएको छ।

तर अन्य १९ देशहरुले प्यारिस सम्झौताबाट पछि हट्न नसकिने घोषणा गरेका छन्।  सम्मेलन समाप्तीपछि टर्कीका राष्ट्रपतिले अमेरिका उक्त सम्झौताबाट अलग भएसँगै विकाशसिल देशहरुलाई दिइने भनिएको क्षतिपूर्तिको सम्भावना कमजोर बनेको र उक्त सम्झौता अनुमोदन गर्न उनको देशलाई कठिनाइ रहेको बताएका थिए।

यसैबीच जी ट्वेन्टी सम्मेलन समाप्तीपछि पनि सडकमै रहेका प्रदर्शनकारी र जर्मन प्रहरीबीच ह्यामवर्गमा थप झडपहरु भएका छन्। प्रहरीले उनीहरुलाई तितर बितर बनाउन पिरो पदार्थ र पानीको फोहरा प्रहार गरेको थियो।

ुजी ट्वेन्टीलाई स्वागत छैन्ू भनेर दिउँसो र्याली निकालेका पुँजिवाद विरोधी आन्दोलनकारीको प्रदर्शन अधिकांश स्थानमा शान्तिपूर्ण नै थियो। केही प्रदर्शनकारीहरुले प्रहरीमाथि शिशी र अरु सामग्री प्रहार गरेका थिए र त्यस्ता समूहविरुद्ध प्रहरीले पनि बल प्रयोग गरेको थियो। हिंसात्मक प्रदर्शनहरुले दुई दिने उक्त सम्मेलनलाई छायाँमा पारिदिएको थियो।

प्रतिक्रिया