अमेरिकाको टेक्सासमा नेम्पा फिल्म अवार्ड भव्य रूपमा हुने

Moshan-Picture-Award.1

काठमाडाैँ ११ असार । नेपाल चलचित्र संघले प्रदान गरिदैआएको बहुचर्चित नेपाल मोशन पिक्चर अवार्ड अव नेम्पा फिल्म अवार्डको रूपमा हुने भएको छ । त्यो पनि नेपालमा नभइकन अमेरिकामा आयोजना हुने जनाएको छ । नेपाल चलचित्र संघले शुक्रबार प्रेसमिट आयोजना गरेर जानकारी दिएअनुसार यो अवार्ड कार्यक्रम सेप्टेम्वर २ तारिखका दिन अमेरिकाको टेक्सास स्थित डालासमा हुने भएको छ । यस ‘नेम्पा फिल्म अवार्ड २०१७’ का लागि १८ वटा विधामा अवार्ड वितरण गरिने भएको छ । नेपाल चलचित्र संघले डीएबीएस इन्टरटेन्मेन्ट डालास, अमेरिकासँगको सहकार्यमा यो अवार्ड कार्यक्रम अमेरिकामा गर्न लागेको आयोजक नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले भनेका छन् ।
अवार्डमा ‘उत्कृष्ट चलचित्र, निर्देशक, नायक, नायिका, सह–नायक, सह–नायिका, नव–नायक, नव–नायिका, खलपात्र, हाँस्य कलाकार, गीतकार, गायक, गायिका, संगीतकार, सम्पादक, लेखक, छायांकार, नृत्य निर्देशन गरि १८ विधा समावेश गरिएको छ । अवार्डमा एक जना चलचित्रकर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ पनि प्रदान गरिनेछ । जुन हाललाई खुलासा गरिएको छैन् । अवार्डका लागि गतवर्ष रिलिज भएका ८४ बढी चलचित्रमध्ये ४४ वटाले आवेदन दिएका छन् । जुरीहरूले चलचित्र हेरेपछि उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गर्ने आयोजक नेपाल चलचित्र संघका पदाधिकारी प्रसिद्ध चलचित्रकर्मी अर्जुन श्रेष्ठले भनेका छन् ।

प्रतिक्रिया