अर्काे सामूहिक बलात्कारको घटना

uptown_newdelhirapeनयाँ दिल्ली । भारतमा सन् २०१२ को डिसेम्बरमा मेडिकल विषय पढ्ने एक जना विद्यार्थीलाई बलात्कार गरी हत्या गरेको क्रुर घटनालाई सम्झाउने गरी अर्काे घटना सोमबार राती भएको छ ।  भारतीय राजधानी क्यापिटल नजिकै एक जना ३५ वर्षीया महिलालाई अपहरण गरेर कारमा हाली तीन जनाले चार घन्टासम्म बलात्कार गरेको घटनाको समाचार मंगलबार भारतीय मिडियामा छ्याप्छ्याप्ती आएको छ ।  प्राप्त समाचारअनुसार सोमबार राती ती महिलालाई नयाँ दिल्लीबाट करिब ३० कीलोमिटर परको सोहना सडकमा हिँडिरहेको बेलामा नाटकीयरूपमा अपहरण गरी गुडिरहेको कारमा राखिएको थियो । सो कारमा चार घन्टासम्म राखेर कारमा रहेका तीन जनाले बलात्कार गरेको महिलाले प्रहरीसमक्ष बयान दिएकी छिन् ।

राती अपहरणमा परेकी उनलाई मंगलबार बिहानीपख मात्र नोएडाको अस्पतालनजिक ल्याएर फालिदिएका थिए । सडकमा फालिएकी ती महिला बेहोस अवस्थामा भेटिएकी थिइन् । पछि उनलाई अस्पताल परिसरका नागरिकले देखेर प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले अस्पतालको आकस्मिक कक्षमा पु¥याएका थिए । यस घटनालाई भारतीय सञ्चारमाध्यमले सन् २०१२ को डिसेम्बरमा एक जना मेडिकल विद्यार्थीको ६ जनाले बलात्कार गरेर सडकमा फालिदिएको घटनाका रूपमा समाचारमा ल्याएका छन् ।  उक्त घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । नोएडाको प्रहरीले सो घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ । ग्रेटर नोएडाका प्रहरी प्रमुख लभ कुमारले भनेका छन्, ‘हामीले ती महिलाको बयानको थप प्रष्टीकरणका साथै उनले देखाएको क्षेत्रमा सिसी क्यामेराका फुटेजको संकलनको काम भइरहेको छ ।’

उनले भने, ‘यो घटना अत्यन्तै त्रूmरतापूर्वक र पाँच वर्षअघि मेडिकल विद्यार्थीमाथि भएको घटनालाई थप सम्झाइदिने हिसाबले भएको छ, हामीले अनुसन्धान सुरु गरेका छौँ’, तथ्य पत्ता लाग्नेछ । त्यस समयमा पनि २३ वर्षीया ती विद्यार्थीमाथि भएको बलात्कारको घटनामा संलग्न ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । त्यस घटनाका दोषीमध्ये चार जनालाई त सर्वाेच्च अदालतको फैसलापछि मृत्युदण्ड दिइसकेको छ । भारत सरकारले सोही घटनापछि नै भारतमा बलात्कारका दोषीलाई कडा सजायको व्यवस्था गरेको छ ।  भारतमा बलात्कारका घटना निकै हुने गर्दछन् । सरकारले जति कडा कानुन ल्याए पनि यस्ता घटनामा कमी भने नआएको अधिकारीहरूले बताएका समाचारमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया