चितवनमा मात्रै रेनोल्टका ७० गाडी बिक्री

xrenult,281,29.jpg.pagespeed.ic.UsBk5Bc_vcचितवन ७ असार । रेनोल्ट कारको चितवनका आधिकारिक बिक्रेता युनाइटेड अटो कनर्सनले २ दिने निःशुल्क समर सर्भिस क्याम्प सुरु गरेको छ ।नेपालमा छोटो समयमै लोकप्रिय बनेका रेनोल्टका गाडीको बिक्री चितवनमा समेत राम्रो बजार लिन सफल भइसकेको छ । चितवनमा ७० वटा गाडी बिक्री भएका छन् । कम्पनीका प्रबन्धनिर्देशक राजन पियाले ग्राहकको मागलाई ध्यान दिएर निःशुल्क सर्भिस क्याम्प सुरु गरेको बताए ।

कम्पनीका म्यानेजर सञ्जीव अधिकारीले पहिलो दिन ३२ वटा गाडी सर्भिसिङ गराएको बताए । रेनोल्टको नेपालको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाइल हो । विशाल समूहअन्तर्गतको यो अटोमोबाइलले एग्रेसिभ रूपमा बजार बिस्तार गरिरहेको छ । काठमाडौंपछि चितवन साना गाडी बिक्रीको लागि राम्रो बजार पनि हो । यो सर्भिसिङमा कम्पनीले पाटर्स र लुब्रिकेन्टमा १५ प्रतिशत छुट दिएको छ ।

प्रतिक्रिया