रोनिश र मारिया पहिलो

काठमाडौं । रोनिश श्रेष्ठ र मारिया राई प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिताको थाइची छ्वान छुचीमा शनिबार पहिलो भएका छन् । दुवै बुद्ध प्रकाश उसु क्वानका हुन् । मार्सल आर्ट अर्गनाइजेसन नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुषमा रोनिशले ५.३५ अंक जोडे । मनमैजु उसु क्वानका विवेक मगर दोस्रो र पिपुल्स स्कुलका संगीन महर्जन तेस्रो भए । महिलामा मारियाले ५.८५ अंक ल्याइन् । निन्जा उसु क्वानकी मिङमा थाङजी शेर्पा दोस्रो र ड्रागन उसु क्वानकी निशा राई तेस्रो भए ।
पुरुष ताउसु छुचीमा ५.४५ अंकसाथ ग्रिनफिल्ड स्कुलका रोशन रोकाया, महिला छियाङ सु छुचीमा ४.३० अंकसाथ बुद्ध प्रकाशकी सिर्जना मगर, पुरुष नान कुन सु छुचीमा ५.८५ अंकसाथ मनमैजुका सुमन तामाङ, महिला चेन सु छुचीमा ५ अंकसाथ बुद्ध प्रकाशकी मनिका थापा, पुरुष कुन सु छुचीमा ५.६० अंकसाथ मनमैजुका राजकुमार पुन तथा महिला नान ताउ सुमा ५.७० अंकसाथ निन्जाकी सरु आले मगर पहिलो भए ।
(सौस)

प्रतिक्रिया