सोनाक्षीको ३०औं जन्मोत्सव गोवामा

Sonakshi-Sinha-Pictures-1मुम्बई, २७ जेठ । सोनाक्षी सिन्हा ३०औं जन्मदिन साथीहरुका साथ गोवामा मनाइन् । व्बायफ्रेण्डसँग ब्रेकअप भएपछि अहिले मन बहलाउन विभिन्न उपाय गरिरहेकी छिन् ।

साथीहरुसँग रमाएको फोटो सोनाक्षीले इन्स्टाग्राममा सेयर गरिन् । ती फोटोमा उनी निकै खुशी देखिन्छन् । यस्तो लाग्दैन कि व्बायफ्रेण्डसँग उनको भर्खरै ब्रेकअप भएको हो ।

एउटा लोकप्रिय वेबसाइटका अनुसार सोनाक्षी २०१२ देखि बन्टीलाई डेट गरिरहेकी थिइन् । बन्टीले सोनाक्षीको एउटा फिल्मको एसाइनमेन्ट ह्यान्डल गरिरहेका थिए । फिल्मका फाइनान्सरका अनुसार यस फिल्मका लागि सोनाक्षीले सुरुमा निकै मोटो रकम मागेकी थिइन् तर पछि अलिकति घटाइन् ।

                                                                                            sonakshi-sinha-very-very-hot-1

फिल्ममा दुई पुरुष लिड रोलको अपोजिटमा सोनाक्षीलाई लिइएको थियो तर पछि कुनै कारणबस यो प्रोजेक्ट नै बन्द भयो । त्यति नै बेलादेखि सोनाक्षी र बन्टीको ब्रेकअप भएको हो । स्मरणीय के छ भने बन्टी यसअघि अभिनेत्री सुस्मिता सेनका व्बायफ्रेण्ड थिए । बन्टीसँग ब्रेकअपपछि सोनाक्षीको फिल्मको एसाइन्मेन्ट उनका भाइ लवले ह्यान्डल गरिरहेका छन् ।

प्रतिक्रिया