काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार भएको भीषण ट्रकबम आक्रमणको कारण काबुल बिहीबार अत्यन्त भयभित भएको छ । सन् २००१ यता भएका कयाँै भयानक आक्रमणभन्दा पनि भीषण रूपबाट भएको यस आक्रमणको कारण बिहीबार काबुल भयभित भएको बताइएको छ । स्थानीय बासिन्दाहरू आफ्ना आफन्तको शवको अन्तिम संस्कारमा लागेका छन् भने सर्वसाधारण जनताको सुरक्षाका लागि सरकार असफल भएको अवस्था देखिएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन । कयौँ कूटनीतिक प्रतिनिधिको कार्यालय भएको जानबाक स्क्वायरमा बुधबार बिहान भएको यस ट्रक बम आक्रमणमा परी कम्तीमा ९० जनाको मृत्यु भएको थियो ।
यस आक्रमणमा परी विदेशीलगायत सयौँको संख्यामा सर्वसाधारण घाइते भएका थिए । ‘हाम्रो देशमा कतिजेल यो रक्तपात सहिरहनु पर्ने हो’ एक स्नाथीयबासीले स्थानीय समाचार च्यानल टोलोलाई सोधेका छन् । ‘मैले यस विस्फोटमा आफ्ना भाइलाई गुमाएको छु, सरकार लगाताररूपमा सर्वसाधारणको सुरक्षा गर्न असफल भएको छ’, उनले भनेका थिए । यस आक्रमणमा घाइते भएका चार सयभन्दा बढीलाई उपचारार्थ अस्पताल भर्ना गरिएको र आफ्ना आफन्तको स्वास्थ्यस्थिति बुझ्नको लागि अस्पताल परिसरमा सर्वसाधारणको लाम लागेको छ ।
यस आक्रमणमा परी बेपत्ता भएका आफ्ना आफन्तको खोजी कार्य के भएको छ सो समाचारको लागि पनि आफन्तजनको सम्बन्धित स्थलमा भिड लागेको समाचारमा जनाइएको छ ।मुसलमानहरूको महान पर्व रमजानको महिनामा नै भएको यस भीषण आक्रमणको विश्वका कयाँै नेता र विश्व समुदायले कडा निन्दा गरेको छ ।
प्रतिक्रिया