खोजखबर

जलेश्वर कारागारमा नेपाली सेना

सौर्य अनलाइन २०७४ जेठ १७ गते ८:४७ मा प्रकाशित

Jaleshwor-Karagar

महोत्तरी, १७ जेठ । महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा मंगलबारदेखि नेपाली सेना खटाइएको छ ।

स्थानीय तहको निर्वाचनका बेला कारागारमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षास्वरुप जलेश्वर कारागारमा नेपाली सेना खटाइएको जेलर शोभेन्द्र ठाकुरले बताए ।

उनले जलेश्वरको परिकौलीस्थित नेपाली सेनाको फस्ट राइफल गणबाट उपसेनानी कृष्णहरि खड्काको नेतृत्वमा ३३ जना नेपाली सैनिकले मंगलबारदेखि जलेश्वर कारागारको सुरक्षा जिम्मेवारी सम्हालेको उनले बताए ।

यसअघि जलेश्वर कारागारमा निर्वाचन अवधिभरका लागि नेपाली सेनालाई सो जिम्मेवारी दिइने गरेको जेलर ठाकुरले बताए । कारागार सुरक्षाका लागि नेपाली सेनाले जिम्मेवारी सम्हाले पनि प्रशासनिक कामकाजका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट असई सोनु सिंहको नेतृत्वमा सातजना प्रहरीले जलेश्वर कारागारमा सुरक्षा दिँदै आएका छन् । जलेश्वर कारागारमा अहिले ३९ महिला, चार आश्रितसहित तस्न सय ९७ कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया