यस्तो थियो नैतिकताको खडेरी, बेवारिसे बन्थे ‘भद्र सहमति’

Simha-Durbar
काठमाडौं, ११ जेठ । सरकार परिवर्तन र यसको लागि विभिन्न दलबीच भद्र सहमतिको चर्चा र अभ्यास नौलो होइन। अहिलेसम्म भएका भद्र सहमतिहरू कसरी कार्यान्वयन भएनन् भन्ने विषयमा आज नयाँ पत्रिकाले खबर बनाएको छ।

१। गिरिजाप्रसाद कोइराला– पुष्पकमल दाहाल भद्र सहमति ०६४ मा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनअघि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र दाहालबीच कोइरालालाई राष्ट्रपति बनाउने भद्र सहमति भएको थियो । निर्वाचनपछि माओवादी पहिलो शक्तिकेन्द्र बन्यो ।  दाहालले त्यसवेला कोइरालालाई राष्ट्रपति स्विकारेनन् । सहमति कार्यान्वयन नगरेर कमजोरी भएको टिप्पणी दाहालले सार्वजनिक रूपमै गर्दै आएका छन्।

२। झलनाथ–दाहाल भद्र सहमति माधव नेपाल नेतृत्वको सरकार ढलेपछि माओवादीको समर्थनमा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालको नेतृत्वमा नयाँ सरकार बन्यो । माओवादी अध्यक्ष दाहालकै शब्दमा त्यसवेला खनाललाई ‘छापामार शैली’मा प्रधानमन्त्री बनाइएको थियो । २३ माघ ०६७ मा खनालले सरकारको नेतृत्व सम्हाल्दै गर्दा ६ महिनापछि उनले माओवादीलाई सरकारको नेतृत्व छोडने भद्र सहमति वनेको थियो । तर, सो सहमति पालना नभएपछि सातै महिनामा खनाल सरकार ढल्यो । त्यसपछि १२ भदौं, २०६८ मा वावुराम भट्टराईको नेतृत्वमा सरकार गठन भएको थियो।
३) सुशील, दाहाल– ओली भद्र सहमति संविधान जारी गर्ने बेला प्रमखु तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रका मुख्य तीन नेताका वीच एक खालको सहमति वनेको थियो । संविधान जारी गरेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री, कांग्रेसका तात्कालिन सभापति सुशीलल कोइराला राष्टपति र माओवादीलाई सभामुख वनाउने गरि भद्र सहमति थियो । तर , सुशील कोइरालाले सहमतिय सरकार निर्माणमा असहयोग गदै आफै प्रधानमन्त्रीको उम्मेदवार वन्न आए । त्यसवेला भएको भद्र सहमति पनि तोडिएको नेताहरुले सार्वजनिक अभिब्यक्ति दिदै आएका छन्।

४। ओली–दाहाल भद्र सहमति २५ असोज २०७२ मा एमाले–माओवादी गठवन्धनमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री वने । गठवन्धन निर्माण गर्नेवेला दुवै पार्टीका शीर्ष नेताहरु वसेर नयाँ वजेट ल्याउने बेलासम्म ओली प्रधानमन्त्री वन्ने र त्यसपछि दाहालले सरकारको नेतृत्व गर्ने गरी तीन वुँदे भद्र सहमति भएको थियो । उक्त समझदारी पत्र पछि सार्वजनिक नै भयो । तर ओलीले भद्र सहमति अनुसार माओवादीलाई सरकारको नेतृत्व हसतान्तरण गर्न तयार भएनन । दाहालले नै उनी विरुद्ध संसदमा अविश्वास प्रस्ताव ल्याए र ओली सरकार ढल्यो।

५। देउवा–दाहाल भद्र सहमति ओली सरकारको वहिर्गमनसँगै काग्रेस–माओवादी नयाँ गठवन्धन निर्माण भयो । त्यसवेला देउवा–दाहालबीच थप अर्को भद्र सहमति पनि भयो । स्थानिय तहको चुनावसम्म दाहाल र प्रदेश र केन्द्रको चुनाव देउवा प्रधानमन्त्री भएर गर्ने दुई दलबीच भद्र सहमति भएको थियो । तर भद्र सहमति पालना हुँदैन भन्ने आरोप लागिरहेका बेला प्रधानमन्त्रीले नेपाली राजनीतिमा नैतिकता र इमान्दारिताको खडेरी तोडनका लागि आफुले राजनामा दिएको घोषणा गरे।

प्रतिक्रिया