प्रधानमन्त्रीद्वारा राजीनामाको तयारीमा

prachand-lead-gettyimages-94853407_730x419काठमाडौं, ९ जेठ । मधेसी मोर्चामा आबद्ध दलहरुले थप कुनै माग नराखे प्रधानमन्त्री पुष्पकमल दाहालले आज (मंगलबार) पदबाट राजीनामा दिने तयारी गरेका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

मंगलबार संसद्मा विशेष संबोधन गर्दै प्रधानमन्त्रीले सत्तासाझेदार दल काँग्रेससँगको पूर्वसहमतिअनुसार राजीनामा दिन लागेका हुन् ।

सोमबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले पनि प्रधानमन्त्रीको राजीनामाको विषय अनुमोदन गरिसकेको छ ।

मधेसी मोर्चामा आबद्ध दलहरुको माग संबोधन गर्दै मन्त्रिपरिषद्को सोमबारको बैठकले तराईमा २२ स्थानीय तह बढाउने निर्णय गरेको छ । प्रधानमन्त्री दाहालले मंगलबार बिहान मोर्चाका नेताहरुसँग छलफल गर्दै छन् ।

प्रतिक्रिया