माओवादी अर्ध शतक नजिक, एमाले–कांग्रेस शतक नाघे

Three-big-party-flag
काठमाडौं, ७ जेठ ।  स्थानीय तहको पहिलो चरणमा भएको निर्वाचनमा एमाले र कांग्रेसले सयभन्दा बढी स्थानीय तह जितेका छन् भने नेकपा माओवादी केन्द्र अर्धशतक ५० सिट नजिक पुगेको छ । राजधानी दैनिकमा समाचार छ । शनिबार अबेरसम्मको मतपरिणाम अनुसार १ सय १०  स्थानमा विजय हासिल गर्दै नेकपा एमाले पहिलो स्थानमा छ । पहिलो चरणको निर्वाचन भएका ३४ जिल्लाका २ सय ८३ स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

चार महानगर, एक उपमहानगर, सहरी क्षेत्रमा रहेको नगरपालिका र निर्वाचन स्थगित भएका स्थानीय तहको निर्वाचनको मत परिणाम आउन बाँकी छन् । निर्वाचन स्थागित भएका कालिकोटका दुई  र दोलखाको एक स्थानीय तहमा सोमबार मतदान हुँदै छ । निर्वाचन हुन बाँकी तीन र मतगणना जारी रहेका १७ स्थानीय तहबाहेक सबैमा मतगणना सकिएको छ ।

कालिकोटका दुई स्थानीय तहमा शनिबार राति अबेरसम्म भएको मतगणनाअनुसार कांग्रेसले एक सय स्थानीय तहमा विजयी हासिल गरेको छ भने माओवादी केन्द्रले ४६ स्थानमा विजय हासिल गरेको छ ।

मत गणना जारी रहेका १७ स्थानीय तहमध्ये एमाले १३ तह र कांग्रेस एक ओटा तहमा अगाडि छ भने माओवादी अग्रताको दौडबाट बाहिरिएको छ । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति नेपालले एक स्थानमा विजयी हासिल गरिसकेका छन् । यस्तै पहिलो चरणको निर्वाचनमा तीन स्वतन्त्र उम्मेदवारले पनि विजय हासिल गरेका छन् ।

एमालेको तर्फबाट भक्तपुरको सुर्य्विनायक नगरपालिकामा वासुदेव थापा, काठमाडौंको, शंखरापुर नगरपालिकामा सुवर्ण श्रेष्ठ, ललितपुरको महांकाल गाउँपालिकामा रामचन्द्र दाहाल, काठमाडौंको टोखा नगरपालिकामा प्रकाश अधिकारी विजयी भएका छन् । यस्तै, काठमाडौंको कीर्तिपुर नगरपालिकामा रमेश महर्जन र काठमाडौं, तारकेश्वर नगरपालिकामा रामेश्वर बोहोरा विजयी भए ।

यसैगरी १ सय स्थानमा विजय हासिल गरेको कांग्रेसका तर्फबाट ललितपुरको गोदावरी नगरपालिकामा गजेन्द्र महर्जन, ललितपुरकै बाग्मती गाउँपालिकामा वीरबहादुर लोप्चन विजयी भए । यस्तै, काठमाडौंका तीन नगरपालिकामा काँग्रेसका उम्मेदवारले विजयी हासिल गरे । जसमा दक्षिणकाली नगरपालिकामा मोहन बस्नेत, गोकर्णेश्वर नगरपालिकामा सन्तोष चालिसे र नागार्जुन नगरपालिकामा मोहनबहादुर बस्नेतले जित हासिल गरे । माओवादीले उपत्यकाभित्र एक मात्र स्थानीय तहमा विजय हासिल गरेको छ । जसमा ललितपुरको कोन्ज्योस्योम गाउँपालिकामा गोपीलाल स्याङतान विजयी भए ।

एक स्थानीय तहमा मात्रै विजय हासिल गरेको राप्रपाले धादिङको रुवीभ्याली गाउँ पालिकामा चेरुङ तामाङ विजयी भए । यस्तै, राष्ट्रिय जनमोर्चाले एक स्थान विजय गरेकोमा बागलुङको बरेङ गाउँपालिकामा कृष्ण पौडेल विजयी भए । यस्तै नयाँ शक्तिका तर्फबाट रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा भुजुङ तामाङले जित हासिल गरे । एक स्थानीय तहमा जित हासिल गरेको नेपाल मजदुर  किसान पार्टीका भक्तपुर नगरपालिकामा सुनिल प्रजापति प्रमुख बनेका छन् ।

प्रतिक्रिया