बनेपामा एमाले विजयी

काभ्रे,  ५ जेठ । काभ्रे जिल्लाको बनेपा नगरपालिकामा प्रमुख र उपप्रमुख पदमा एमाले विजयी भएको छ ।

नगरपालिका प्रमुखमा एमालेका तर्फबाट लक्ष्मी नरसिंह बादेले एघार हजार चार सय नौ मत प्राप्त गरी विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका रामराज जोशीले नौ हजार ६ सय ५९ मत प्राप्त गरे ।

त्यसैगरी, नगर उपप्रमुखमा एमालेबाट रेखा सापकोटाले ११ हजार दुई मत प्राप्त गरी विजयी भएकी छन्  । उनकी निकटतम प्रतिद्वन्द्वी  कांग्रेसकी निर्मला श्रेष्ठले नौ हजार नौ सय ६० मत प्राप्त गरिन् ।

यस्तै, नमोबुद्ध नगरपालिकाको वडा नम्बर तीन, चार र पाँचमा एमालेको समूह नै विजयी भएको छ भने वडा नम्बर ६ मा कांग्रेस विजयी भएको छ ।

वडा नम्बर ३ मा एमालेका रामशरण हुमागाईंले तीन सय ८३ मत प्राप्त गरी विजयी भएका छन् छ भने उनका निकटतम प्रतिद्वन्द्वी  कांग्रेसका गंगा लामाले तीन सय ८१ मत पाए।

वडा नम्बर ४ मा एमालेका उद्वव प्रसाद काफ्लेले चार सय ९२ मत प्राप्त गरी विजयी भएका छन्  भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद चिमौरियाले तीन सय ५७ मत पाए । वडा नम्बर ५ मा एमालेकै बुद्धसिँह तामाङले सात सय ७६ मत ल्याइ विजयी भएका छन्  । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सूर्य तामाङले ६ सय ५० मत प्राप्त गरे।

त्यसैगरी, उक्त नगरपालिकाकै वडा नम्बर ६ मा कांग्रेसका कुल प्रसाद न्यौपाने दुई सय ९० मत ल्याइ विजयी भएका छन्  भने उनका निकटतम प्रतिद्वन्द्वी टिकाबहादुर केसीले दुई सय ८६ मत ल्याए ।

त्यसैगरी धुलिखेल नगरपालिकाको तीन नम्बर वडामा  एमालेका विनोद पराजुलीले पाँच सय ८३ मत प्राप्त गरी विजयी भएका छन्  भने उनका निकटतम प्रतिद्वन्द्वी सञ्जय तामाङले दुई सय ८१ मत पाए ।
यस्तै, उक्त नगरपालिकाको वडा नम्बर ५ मा कांग्रेसका गंगासागर रञ्जितकार चार सय ७५ मत ल्याइ विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिगोपाल प्रधानांगले चार सय ७३ मत पाए ।

प्रतिक्रिया