संविधान संशोधनको पहल हुँदै

dahal-prachand-काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार छाड्नुअघि संविधान संशोधन प्रयास सुरु गरेका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

संविधान कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय गरी तीन तहमध्ये कुनै एक तहको चुनाव आफ्नै नेतृत्वमा गरिछाड्ने संकल्पसहित उनले साउन १९ गते सत्तारोहण गरेका थिए । त्यसमध्ये स्थानीय चुनावअघि मधेसी घटकसँग संविधान संशोधनमा सहमति बन्यो र स्थानीय तहको पहिलो चरण वैशाख ३१ मा सफल पनि भयो ।

आफ्नो मुख्य मिसनमध्ये एकमा सफल देखिएका उनी अब सत्ता नेतृत्वबाट बाहिरिनुअघि संविधान संशोधनको अन्तिम कसरत गर्न चाहान्छन् ।

प्रतिक्रिया