न्यौपानेका यस्ता छन् फिदिम बनाउने योजना

radhaकृष्ण ओझा
पाँचथर, ३१ वैसाख । माओवादी केन्द्रबाट फिदिम नगरपालिकाको मेयर पदका उम्मेद्वार राधाकृष्ण न्यौपानेले फिदिम नगरको पाँच वर्षे योजना सार्वजनिक  गरेका छन ।

नमूना सहरको रूपमा विकासोन्मुख फिदिममा व्यवस्थित र वैज्ञानिक सहरीकरण गर्नुका साथै विकासमा लगानीमैत्री वातवरण बनाउँदै साना–मझौला–ठूला उद्योग कलकारखाना स्थापना मार्फत रोजगारी सिर्जना गर्दै जाने जनाए ।

फिदिम नगरको सवै वडामा सहर निर्माण,फिदिमको सामुदायिक विद्यालय र पाँचथर बहुमुखी क्याम्पसमा अनलाइन शिक्षा, विज्ञान र प्रविधिसँग शिक्षालाई जोडेर शैक्षिक गुणस्तर वृद्धिमा लाग्ने  ।

फिदिम नगरमा बहुभाषिक विद्यालय स्थापना,सवै जातजातिका भाषा,संस्कृतिको प्रवद्र्धनका लागि दुरगामी नीति र कार्यक्रम बनाउने । धार्मिक–सांस्कृतिक र ऐतिहासिक महत्वको पर्यटकिय गन्तव्यहरुको प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रको विकास,तमोर नदिनमा ¥यापटिङ,कृषिमा व्यवसायिकता,फिदिमको वडा वडामा कालोपत्रे सडक निर्माण र खानेपानीको व्यवस्थापनमा भूमिका निर्वाह गर्ने ।

फिदिममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यिनै एजेण्डाहरूलाई मतदातामाझ लगेको बताए । न्योपानेले आफ्ना एजेण्डाहरूमाथि मतदाताहरुले अपनत्व ग्रहण गरेको र जनप्रिय एजेण्डालाई आसन्न स्थानीय तह निर्वाचनमा भारी मत प्राप्त हुने पनि विश्वास लिएका छन ।
शैक्षिक पृष्ठभूमिबाट राजनीतिमा सक्रिय न्यौपानेले निर्वाचनमा व्यक्तिभन्दा एजेण्डालाई निर्वाचित गर्ने दावी गरेका छन ।  भोज खुवाएर निर्वाचन जित्ने समय गएको बताए ।

न्यौपाने उपमेयर रमुना लन्द्री नेम्वाङसहित फिदिम नगरमा निर्वाचनको प्रचार प्रसारमा छन् । उनी दुई पटकसम्म मतदाताको घर आँगनमा पुगिसकेका छन् ।  सो क्रममा मतदाताहरु मेयरमा आफ्नो उम्मेद्वारीप्रति उत्साहित बनाएको पनि उल्लेख गरे ।

प्रतिक्रिया