डेढ घण्टामै सकियो मतदान

Sthaniya-nirwachanगोरखा, ३१ वैशाख । गोरखाको चुमनुव्री गाउँपालिकाको साम्दो मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । मतदान सुरु भएको डेड घण्टामै मतदान सम्पन्न भएको हो ।
निर्वाचन अधिकृत रामकाजी दुवाडीका अनुसार साम्दो मतदान केन्द्रमा ७१ मतदाता रहेकोमा ६९ जनाले मतपत्र लगेका थिए । एक मतदाताको निधन र एक गाउमा नभएकाले मतदान कार्यक्रम सकिएको औपचारिक जानकारी दवाडीले दिए।

अर्को मतदान केन्द्र न्याक आधारभूत विद्यालयको पनि मतदान सकिएको निर्वाचन कार्यालयले जनाएको छ। न्याकमा ७३ मतदाता रहेका थिए।
यस्तै मनाङको नासोङ गाउँपालिकामा पनि ९५ प्रतिशत मतदान सम्पन्न भएको छ ।

प्रतिक्रिया