नमोबुद्धको ४ नं वडाको मतदान स्थगित

Sthaniya-nirwachan

काभ्रे ३१ वैशाख । नमोबुद्ध नगरपालिकाको वडा नं ४को जनक मावि केन्द्रको मतदान अनिश्चीत कालको लागी स्थगित गरिएको छ । स्थानीय राजनीतिक दल र प्रशासनसंगको वार्ता नमिलेपछि सो मतदान केन्द्रमा हुने मतदान अनिश्चितकालका लागि स्थगित गरिएको निर्वाचन आयोयले जनाएको छ ।

शनिबार साँझ अज्ञात व्यक्तिले चलाएको गालीले एक माओवादी कार्यबर्ताको मृत्यु भएको थियो । गोली सशस्त्र प्रहरीले चलाएको स्थानीयको आरोप छ भने प्रहरीले मोटरसाइकलमा आएका अज्ञात समूहले गोली चलाएर फरार भएको बताएको छ ।

सोही विषयको वार्ता मिल्न नसकेपछि मतदान स्थगित भएको जनाइएको छ ।

प्रतिक्रिया