दुई दशकपछि स्थानीय तहको निर्वाचन हुँदै आज

18518084_1442525962474984_383820056126591737_o

काठमाडौं । दुई दशकपछि स्थानीय तह चुनाव पहिलो चरणमा हुदैछ । पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ जनप्रतिनिधी चुनीदै छन्।सबै निर्वाचन क्षेत्रमा मतदाता विहानदेखी आफ्नो मत दिन लाइन लागेर बसी रहेका छन् । तीन वटा प्रदेशमा सबै उम्मेदवारहरूको संख्या ४९ हजार ३ सय ३७ रहेको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दुई सय ८३ वटै स्थानीय तहका ६ हजार ६ सय ४२ मतदान केन्द्रमा निर्वाचनको टोली र सुरक्षाकर्मीको टोली खटिएका छन् ।

उनका अनुसार ६ हजार ६ सय ४२ निर्वाचन अधिकृतसहितको निर्वाचन टोली र सुरक्षाकर्मीको टोली सम्बन्धित निर्वाचन क्षेत्रमा छन् । ‘निर्वाचनको माहोल निकै राम्रो छ, टोली पूर्ण सुरक्षासहित निर्वाचनमा गएको छ’, उनले भने, ‘अब मतदान हुन मात्रै बाँकी छभन्दा फरक पर्दैन ।’ उनका अनुसार निर्वाचनको क्रममा जनपथ प्रहरी र म्यादी प्रहरीको टोली मतदान केन्द्रमै छन ।

प्रतिक्रिया