आज विहानैदेखि मतदाता परिचय पत्र वितरण हुँदै

matfata

काठमाडौं, २८ वैशाख । बिहीबार विहानैदेखि मतदाता परिचय पत्र लिन विभिन्न बुथमा मतदाताको लाइन लागेको छ । निर्वाचन आयोगले ३१ वैशाखमा निर्वाचन हुनेस्थानमा २८ वैशाख बिहीबारदेखि मतदाता परिचय पत्र वितरण गर्ने पूर्व घोषणा बमोजिम सो वितरण गरिएको हो ।
मतदाता परिचय पत्र लिन मतदाताले आ–आफ्नो मतदान केन्द्रमा जानु पर्ने भएकाले मतदान मेन्द्रमा विहानैदेखि लाइन लागेको छ । निर्वाचन आयोगले फोटोसहितको मतदाता परिचय पत्रको व्यवस्था गरेको छ । मतदाता परिचय पत्र नभएकाले मतदान गर्न नपाउने व्यवस्था रहेको छ ।
आ–आफ्नो मतदाता परिचय पत्र लिन पहिलेको मतदाता परिचय पत्र वा नागरिकताको प्रमाणपत्र लिएर आफूले मतदान गर्ने केन्द्रमा जानु पर्ने निर्वाचन आयोगले जनाएको छ । ३१ वैशाखमा प्रदेश नम्वर तीन, चार र ६ मा स्थानीय तहको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया