ट्रम्पको हिटलर शैली यू टर्न लिदै….

hitlertrump_3520773b

अमेरिका, २८ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्णयको बचाउ गर्न सामाजिक सञ्जालबाट भूतपूर्व एफबीआइ प्रमुख जेम्स कोमी भन्दा धेरै राम्रो काम गर्ने ब्यक्ति भएको सार्वजनिक गरेका छन् । ट्वीटमा अमेरिकी राष्ट्रपति ट्रम्पले भूतपूर्व एफबीआइ प्रमुख जेम्स कोमी भन्दा धेरै राम्रो काम गर्ने र एफबीआइको सम्मान फिर्ता ल्याउने मानिसलाई त्यो पदमा नियुक्त गरिने बताए । वातावरण शान्त भएपछि सबैले आफूलाई धन्यवाद दिने उनको भनाइ छ । कोमीलाई हटाइपछि रिक्त पदमा तुरुन्तै नयाँ उम्मेदवार खोजिने ह्वाइट हाउसले बताएको छ । हिलरी क्लिण्टनका इमेलमाथि जारी अनुसन्धानका सम्बन्धमा राष्ट्रपति ट्रम्पले कोमीलाई बर्खास्त गरेको अमेरिकी प्रशासनले बताएको छ ।

तर कोमीले ट्रम्पको चुनावी अभियान र रुसबीचको सम्बन्ध माथि अनुसन्धान गरिरहेका हुनाले उनलाई बर्खास्त गरिएको डेमोक्रयाटहरु बताउँछन् । रुससंग सहकार्य गरेको आरोप निराधार भएको ट्रम्पले बारम्बार बताउँदै आएका छन् । गत वर्षको जुलाई महिनामा कोमीले क्लिण्टनले इमेल प्रयोगमा लापरवाही गरेको तर अपराध नगरेको बताएका थिए । उनले कुनै अभियोजन नलगाइ सो मुद्दा बन्द गरिनुपर्ने बताएका थिए तर नोभेम्बर महिनामा निर्वाचनको ११ दिन अघि उनले क्लिण्टनका थप इमेलहरु भेटेको भन्दै अनुसन्धान फेरि शुरु गरेका थिए । निर्वाचनमा आफ्नो हारका लागि क्लिण्टनले केही मात्रामा कोमीलाई पनि दोष दिएकी छिन् । आफ्नो कदमले निर्वाचन प्रभावित भएको सम्भावना डरलाग्दो भएको कोमीले बताएका थिए, तर त्यस्तो अवसर आएमा फेरि पनि आफूले त्यही निर्णय गर्ने पनि उनले बताएका थिए ।

article-4494184-402E68F800000578-654_964x497

उनको त्यो अनुसन्धान गर्ने तरिकालाई राष्ट्रपति ट्रम्पले प्रशंसा गरेका थिए र त्यसकारण पनि उनलाई अचानक बर्खास्त गर्ने निर्णयले मानिसहरुलाई अचम्भित पारेको छ । डेमोक्रयाटहरुले निश्चय नै कोमीलौ पदमुक्त गर्ने निर्णय माथि स्वतन्त्र अनुसन्धानको माग गर्नेछन् र केही रिपब्लिकनहरुले पनि उनीहरुलाई समर्थन गर्न सक्छन् ।एफबीआइका निर्देशकलाई बर्खास्त गरिएको यो दोस्रो पटक हो ।अमेरिकी सञ्चार माध्यमहरुका अनुसार कोमीले एफबीआइका अधिकारीहरुलाई सम्बोधन गरिरहँदा टेलिभिजनमा प्रसारित समाचारमार्फत आफू पदच्यूत गरिएको थाहा पाएका थिए । बीबीसी

प्रतिक्रिया