गिट्टी कुटेर जीवन धान्दै वृद्धाहरू

gittikuter jiwg dhandai

पाल्पा २८ वैशाख । सेतीमाया कुमाल उमेरले ७५ वर्ष पुगिन तर उनको जोसजाँगर युवा अवस्थाको भन्दा कम छैन । आराम गरेर बस्नुपर्ने उमेरमा पनि उनी कालीगण्डकी नदीको रामपुर नगरपालिकाको रामघाटस्थित किनारमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै छिन् । बिहान खाना खाएपछि रात पर्दासम्म किनारमा दैनिक ६ बोरा जति गिट्टी कुट्ने गरेको कुमालले बताइन । उनले कुटेको गिट्टी बोराको ६० रूपैयाँमा नदी किनारबाटै बिक्री हुने गरेको उनले बताइन् । सेतीमायाँ सँगै बसेर गिट्टी कुट्दै आएकी ७७ वर्षीया मती कुमाल पनि गिट्टी नकुटेसम्म चुलो नबल्ने बताउँछिन् । उमेर ढल्कँदै गरेकी मती कुमालले दिनभरि गिट्टी कुटेको आम्दानीबाट घरखर्च चलाउन सहज भएको बताइन् ।नदी किनारमा घनले गिट्टी कुट्दै गरेकी कुमाल भन्छिन्, ‘गिट्टी कुटेर एक महिनामा १० हजारदेखि १२ हजारसम्म कमाई गर्छु, छोराबुहारीसँग दई÷चार पैसा माग्दा कहिले दिन्छन्, कहिले दिँदैनन्, आफँैले काम गरेपछि अरूसँग हात थाप्नु परेको छैन,’ उनले भनिन् ।

साढे दुई वर्षको छोरा काखमा च्यापेर कुबिजा कुमालले पनि गिट्टी कुटेर घरायसी खर्च पु¥याउँदै आएकी छन् । एक छोरालाई पढाइ खर्च र साँझ–बिहानको गुजारा, औषधोपचार खर्च जुटाउन गाह्रो नभएको उनले बताइन् । उनी भन्छिन्, ‘दिनमा १० बोरासम्म गिट्टी कुटेर एक महिनामा १५ हजार जति आम्दानी हुन्छ, ‘साँझ–बिहान काम सकेर दिनभर गिट्टी कुट्यो, साँभm पैसा बुझ्यो, घर गयो’, उनले भनिन् । आपूmले गिट्टी कुट्न थालेपछि पतिले भारतमा कमाएको पैसा वचत हुने गरेको उनले बताइन् ।  तिलकपुर डल्ले चौतारी क्षेत्रमा पनि घरघरमै नदी खोलाबाट ढुंगा बोकेर गिट्टी कुट्नेको लहरै देखिन्छ । यस क्षेत्रमा झन्डै ४० देखि ५० को हाराहारीमा घरमै बसीबसी गिट्टी कुटेर एक महिनामा २० हजार बराबरको आम्दानी लिने गरेको टोपनारायण ढकालले बताए ।

गाउँघरमा मेलापात गरेर दिनमा दुई÷तीनसय बुझ्दै आएका यहाँका महिलाले गिट्टी कुटेर पाँच सयदेखि एक हजारसम्म आम्दानी गर्न सफल भएका छन् यस व्यवसायमा यहाँ आधाभन्दा धेरै महिला संलग्न रहेको स्थानीयवासी हलिमा खातुनले बताइन् । रामघाट नदी किनारमा झन्डै एक सय ५० भन्दा बढीले व्यावसायिक रूपमा गिट्टी कुटेर जीविकोपार्जन गर्दै आएका छन् । रामपुर क्षेत्रमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, अस्पताल, ठुल्ठूला घर तथा भवन निर्माण गर्ने क्रम बढ्दै गएपछि नदी किनारमा व्यावसायिक रूपमा गिट्टी कुट्नेको संख्या बढ्दै गएको स्थानीयवासी ओमप्रकाश रेग्मीले बताए ।

प्रतिक्रिया