पूर्वका गाउँगाउँमा गरिबी विश्लेषण

तेह्रथुम २८ वैशाख । तेह्रथुम ाठराई गाउँपालिका–२, खाम्लालुङको तीनजुरे अभियान चौतारीमा गरिबी विश्लेषण र निराकरणका उपायसम्बन्धी दुई दिने अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी अभियान चौतारीका महिला सदस्य, स्थानीय अगुवा, शिक्षक र वडा नागरिक मञ्चका प्रतिनिधिले आफूहरूको गरिबीका कारणबारे छलफल गरेका थिए । सहभागीले आफूहरूको समाजमा व्याप्त गरिबीका कारण वचत गर्न नसक्नु, जाँडरक्सीको अत्यधिक सेवन, सेवा प्रदायक कार्यालयको कमजोर सेवा प्रवाह, गुणस्तरहीन शिक्षा, सचेतनाको अभाव आदि रहेको विश्लेषण गर्दै सो को महसुस गरेको बताएका थिए ।
एक्सन एड नेपालको सहयोगमा देउराली सोसाइटीले स्थानीय अधिकार कार्यक्रमअन्तर्गत आयोजना गरेको कार्यक्रममा सहभागीलाई सोसाइटीका कार्यक्रम संयोजक नरबहादुर लिम्बू र नागरिक शिक्षा अधिकृत खगेन्द्र सापकोटाले सहजीकरण गरेका थिए । सहभागीलाई वृक्ष विश्लेषण विधिबाट छलफल गराई गरिबी न्यूनीकरणका उपायबारे समेत महसुस गराइएको कार्यक्रम संयोजक लिम्बूले बताए । कार्यक्रममा सहभागीले गरिबी न्यूनीकरणका लागि आगामी दिनमा फजुल खर्च कम गर्ने, वचत गर्ने बानीको विकास गर्ने, सेवा प्रदायक निकायको सेवा प्रवाहलाई व्यवस्थित बनाउन माग गर्नेलगायत प्रतिबद्धतासमेत जनाएका छन् ।

अभियान चौतारीकी अध्यक्ष सावित्रा लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा ३१ जना सहभागी थिए । आठराई गाउँपालिकाका सबै वडामा देउराली सोसाइटीले स्थानीय अधिकार कार्यक्रम सञ्चालन गरिरहेको छ । सो कार्यक्रम सञ्चालित क्षेत्रका दुर्गम तथा पिछाडिएका बस्तीमा करिब दुई दर्जन अभियान चौतारी समूह गठन भएका छन् । ती समुदायको आर्थिक स्तरोन्नतिका लागि बढीभन्दा बढी समूहमा पुगेर गरिबी विश्लेषण गर्दै आर्थिक उपार्जनमा लाग्न प्रेरित गरिने सोसाइटीका नागरिक शिक्षा अधिकृत खगेन्द्र सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया