काठमाडौँ, २६ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल सहितको संघीय गठबन्धनले संविधान संशोधनका लागि दबाव स्वरुप विरोधका कार्यक्रम सार्वजनिक गरेको छ ।
बिजुलीबजारस्थित राजपाको केन्द्रीय कार्यालयमा मंगलबार बसेको संघीय गठबन्धनको बैठकले २९ वैशाख र १ जेठमा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको हो ।
राजपाका नेता केशव झाका अनुसार २९ वैशाखमा प्रदेश नं। १, २, ५ र ७ का सबै जिल्ला सदरमुकाममा विरोध सभा र १ गते मोटरसाइकल ¥याली गरिनेछ ।
परिमार्जनसहित संविधान संशोधनलाई दबाब दिन विरोधका कार्यक्रम ल्याइएको गठबन्धनले जनाएको छ । आगामी संसदको बैठकबाट संशोधन प्रक्रिया अघि नबढाइए थप विरोधका कार्यक्रम सार्वजनिक गरिने नेता झाले बताए।
प्रतिक्रिया