दोलखा, २७ वैशाख । गौरीशंकरको जुगुमा मंगलबार राति नेकपा माओवादीका कार्यकर्ताको आक्रमणमा एमालेका वडा सदस्यका उम्मेदवारका छोराको मृत्यु भएको छ । वडा नम्बर १ मा एमालेबाट उम्मेदवार गोरे तामाङ्का छोरा ३५ वर्षीय कुलबहादुरको मृत्यु भएको हो ।
नीलकण्ठेश्वर मावि नजिकै रहेको भूकम्पपीडितको टहरामा रहेकाबेला राति सवा ९ बजे माओवादीका कार्यकर्ता आएर कुटपिट गर्दा तामाङको मृत्यु भएको हो । माओवादी कार्यकर्ताको कुटपिटबाट एमाले गौरीशंकर अध्यक्ष बद्री बुढाथोकीका पिता ५५ वर्षीय दिलबहादुर गम्भीर घाइते भएका छन् ।
उनको काठमाडौैंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ । एमालेले माओवादी नेता तथा पूर्वराज्यमन्त्री देवी खड्का, उनका भाइ विशाल, प्रभात भनिने गणेश कार्की, विशाल कार्कीको नेतृत्वमा आएको टोलीले आक्रमण गरेको आरोप लगाएको छ । माओवादीले भने कुनै प्रतिक्रिया दिएको छैन ।
प्रतिक्रिया