एलिशाले जितिन मिस राईको उपाधि

 miss-rai-alisha
काठमाडौं । सिटिभी मोबाइल ‘मिस राई–२०१७’ को उपाधि एलिशा राईले जितेकी छन् । आफूजस्तै ११ प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज पहिरिएकी हुन् । विजेता एलिशाले ताज, ट्रफी र यामाहाको फेसिनो स्कुटरसमेत प्राप्त गरेकी छन् । जमलस्थित ‘राष्ट्रिय नाचघर’ मा आयोजित प्रतियोगितामा इशारा राई फस्ट रनरअप र अस्मिता राई सेकेन्ड रनरअप घोषित भएका छन् ।
किरात मौलिक संस्कृति कला केन्द्रको आयोजना सम्पन्न कार्यक्रममा किराती पहिचानको खोजि गर्न, किरात राईहरूको मौलिक धर्म, संस्कृति, संस्कारहरूको संरक्षण प्रवद्र्धन गर्ने किराती चेलीलाई दूतका रूपमा परिचित गराउन कार्यक्रम गरिएको केन्द्रका अध्यक्ष अपर्ण राईले जानकारी दिए । किरात समुदायको मुन्धुम दर्शनमा आधारित मौलिक धर्म संस्कृतिका बारेमा विशेष प्रशिक्षण दिइएको सो प्रतियोगितामा सबै उतिकै क्षमतावान किराती चेलीहरूको उपस्थिति रहेको कार्यक्रमका कोरियोग्राफर किरात विन्द्रले बताए । उनीहरूलाई किराती चेलीहरूको प्रतिनिधिका रूपमा विभिन्न कार्यक्रमहरूमा किराती संस्कृतिसम्बन्धी अध्ययन तथा क्षमता अभिवृद्वि, व्यक्तित्व विकास गर्नका लागि सहभागी गराइने अर्पण राईको भनाइ रहेको छ ।
वार्षिकरूपमा आयोजना गरिँदै आएको प्रतियोगिताको यो पाँचौँ संस्करणमा विजेताहरूलाई पूर्व मिस राई एलिशा राईलगायतले ताज पहिराएका थिए । यो सँगै कार्यक्रममा विभिन्न विधामा टाइटल अवार्डसमेत वितरण गरिएको थियो ।
अलिेको निकै नै चर्चित कोरियोग्राफर रिनेशा राई, समाजसेवी तथा किरात राई यायोक्खा काठमाडौंका अध्यक्ष दीलिप रुङमाङ, बिजनेसम्यान निराजन सिंह, गायिका पार्वती राई, गायक अशोक मुकारुङ प्रतियोगिताको निर्णायकमा रहेका थिए ।
कार्यक्रममा वरिष्ठ संगीतकार तथा प्राज्ञ शान्तिराम राई, सिटिभी मोबाइलका सञ्चालक तथा युवा व्यवसायी अलाइभ ग्लाइडर किसन राईले कार्यक्रमको महत्व र औचित्यतता माथि बोलेका थिए । यस्तै अहिले निकै चर्चित र व्यस्त गायक राजेश पायल राईले गीत गाउँदै आफ्नो मनको कुरा राई समुदायमा राख्न पाउँदा खुसी व्यक्त गरेका छन् । उनले आफ्नो बिहेको समेत प्रसंग जोड्दै जे जे हल्ला आए पनि सायदै बिहे किराती राई समुदायमा नै हुनेसमेत बोलेका छन् । कार्यक्रममा सन्तोष दुमी, पार्वती राई, देवेश दुमी, विक्रम राईलगायत कलाकारहरूले गीत गाएर मञ्च तताएका थिए ।

प्रतिक्रिया