जातपातको अवधारणाले आफ्नो वजन त्यतिखेर गुमायो जब समाजमा प्रवेश गरेर यसले विकृतिहरूलाई अंकमाल ग¥यो । हिन्दूधर्मले नै सुरु गरेको यो दार्शनिक अवधारणाले हिन्दूधर्मलाई नै विकृतिहरूको संसारमा डुबायो । आजकोे संसारको सन्दर्भमा विस्तृत विवेचना गर्नु जरुरी छ । आधुनिक युगमा आइपुग्दासमेत जातमा अल्झिएर लड्ने नेपाली समाजमाथि उठ्न सकिरहेको छैन । विशेषगरी जातपातको जन्म दिने र आजसम्म पनि स्याहारसुसार गर्न तल्लीन हिन्दूधर्म सम्प्रदायका मानिसहरू रहेका छन् । यो एउटा विकृति हो । समाजलाई चारैतिरबाट जेलिएर रहेको कुसंस्कार नै हो ।
आधुनिक युगमा अवतरित भएका विभिन्न विद्वान, नैतिकवानहरू पनि जातपातको कुरामा सधैँ असहमत रहेको पाइन्छ । महात्मा गान्धीजस्ता महान पुरुष जातपातको शब्द पनि सुन्न चाहँदैनथे, विश्वकवि रविन्द्रनाथ ठाकुरको विश्वकोषमा जातपातको अवधारणा कता हराएको छ कता, स्वामी विवेकानन्द भन्नुहुन्छ हे हिन्दू तिम्रो धर्म भान्सा घरमा छ र तिमीले त्यो सर्वव्यापी भगवानलाई आफ्नो भात पकाउने भाँडोमा नजरबन्द गरेर राखेका छौँ ।
कर्म अनुसार पैदा हुने जातपात सृष्टिमा जहाँ पनि छ । युरोप होस् या अमेरिका, अफ्रिका वा एसिया नै किन नहोस् । हामीले जातपातलाई दिने मान्यता नै सत्यको रूप हो भने, जस्तो कि हिन्दू समाजमा दिइन्छ । अरू विकसित राष्ट्रहरूले कुनै किसिमको विकास नै नगर्नु पर्ने नि ! जातपातको मान्यताजस्तो हिन्दू समाजमा प्रचलित छ
अवश्य पनि सत्यको अंश होइन । जातपात सामाजिक विकृति मात्र हो । यस सृष्टि विचित्रताले गर्दा जातपातले स्थान ओगटिरहेको छ । परापूर्व कालदेखि नै अयोग्य राजाको छोरोले राजकीय सम्मान छोड्न सकेन, अयोग्य ब्राह्मण पुत्रले कुनै मिहिनेत नै नगरी प्राप्त हुने दान राशिलाई त्याग्न सकेन । यसरी नै आफ्नो कामलाई सही तरिकाले अँगाल्न नसक्नेहरूको भिड लाग्यो । यसरी ब्राह्मण, क्षत्री, वैश्य, शुद्र जातहरू सीप तथा विचारहरूको मनोदशा बुझाउने स्तर हुनुपर्नेमा जन्मले निर्धारित गर्ने योग्यताको केन्द्रहरू हुन पुगे ।
विकृतिको सुरुआत भयो, हँुदाहुँदै विकृतिको गगनचुम्बी पर्वत नै खडा भइसकेको छ । समय बित्दै जान थाल्यो एउटा विकृतिले अर्को विकृतिलाई जन्म दिन थाल्यो । छुवाछुत यिनै अन्धविश्वासबाट उब्जिएको अर्को विकृति हो । विश्व मै मानवको जात भनेको नारी र पुरुष हो । यो त एउटा भनाइमा मात्र सीमित रहेको छ । समान मौलिक हक अधिकारको हिस्सेदार स्त्री जातिलाई त्यही विकृतिले केबल सन्तान उत्पादन गर्ने कुनै खास जात नभएको वर्गको रूपमा स्थापित गरेको छ ।
यो दोष हामी सबैको दोष हो । वेद, रामायण, उपनिषद्, महाभारतजस्ता ग्रन्थहरू तयार पार्ने हिन्दू समाज… आजको हिन्दू समाजले जातपातको रुढीवादी विकृतिलाई समातिराख्न सुहाउँदैन । जातपातको अवधारणा यही विकृतिकै रूपमा अल्झिरह्यो भने धर्मको पनि कुनै अस्तित्व रहँदैन ।
जातपात, छुवाछुत, मेरो धर्म मात्र धर्म हो अरूको धर्म बकवास ! यी यस्ता अनगिन्ती अवधारणाहरू नै धर्ममा देखापरेका विकृतिहरू हुन् । संसारमै हिन्दूधर्ममा भैmँ महान विचारहरू सिकाउने अरू धर्म छैनन् तर रुढीवादीले भने हिन्दूधर्मलाई छोड्न सकेन भने एउटा अभिलाषाको रूपमा मात्र परिचित हुन जान्छ । हिन्दूधर्मलाई प्रेमगर्ने हरूलाई चुनौतिको विषय बनेको छ । यस धर्मको पवित्र स्वरूपलाई परिवर्तित बनाउन ।
हिन्दूधर्म मानवलाई विश्व मानवको रूपमा रूपान्तरित गर्न खोज्दछ तर रुढीवादले एउटा साधरण मानव पनि हुन दिँदैन । रुढीवाद कुनै एउटा धर्म अथवा चलन नै होइन यो त अज्ञानताको उपज र सामाजिक विसंगति मात्र हो ।
रुढीवादीलाई सनातन धर्मको रूप दिइयो हिन्दूधर्ममा । जब कुनै समाज अथवा राष्ट्रमा विवेकशील मानिसहरूको नितान्त अभाव हुन्छ त्यहाँ पाखन्डीहरूको भिड हुन्छ । सनातन धर्मको नाममा रुढीवादी धर्मको प्रचारप्रसार हुन गयो । पाखन्डहरूको शासन यस्तो चल्यो कि कञ्चनमय हिन्दूधर्म विकृतिको आक्रमणले घाइते बनायो । ब्राह्मणवाद भनेकै रुढीवाद हो । जसको विरुद्ध भगवान् बुद्धले ठूलो धार्मिक क्रान्ति चलाउनुभयो । बुद्धले दिनुभएको धर्म नैतिकताले भरिपूर्ण भएको धर्म हो ।
बुद्धको दर्शन एउटा प्राविधिक मार्ग हो जहाँ धेरै कुरा गरिँदैन तर थाहै नपाई परम गन्तव्यमा पुगिन्छ । बुद्धको भाषामा पाखन्डलाई ठाउँ छैन । कतिपय मानिसहरू उनीहरूको हरेक काम ढोंगी तथा छलकपटका स्वार्थमय हुन्छन् । तर, यसलाई पनि अहिले विसंगतिपूर्ण बनाइँदै छ । शान्तिको प्रतिक मानिने बुद्धको मुर्ति छेउमा बसेर अशान्ति मारकाट भइरहेको छ । यो आधुनिक धर्ममा देखिएको ठूलो समस्या हो ।
जातपात सृष्टिमा निहीत अवधारणा हो । जन्मले कसैको जात निर्धारण गर्दैन । ब्राह्मण, क्षत्री, वैश्य, शुद्र कोही जन्मिएर आउने व्यक्तिहरू होइनन् । त्यसैले पनि होला भगवान् बुद्धले जातपातको घोर विरोध गर्नुभएको । धर्मको अन्तध्र्यानको कथा सिर्जना गरेको पाइन्छ ।
धर्मलाई जोगाउन खोज्दा समाजमा धेरै विकृतिहरूको सिर्जना हुनपुग्यो । बालविवाह, बहुविवाहको प्रचलनले स्थान ओगट्यो । विधवा विवाहको प्रथामा रोक लगायो अनि सति जाने अमानुसिक प्रथा सुरु ग¥यो । यो रुढीवादकै कारणले छुवाछुतजस्तो जघन्य सामाजिक विकृतिको जन्म भयो हिन्दूधर्म सिद्धान्त र उच्चतम विचारको उद्गम स्थान हो भने अर्कोतिर अमानवीय संस्कारहरूको सागर पनि हो । यही कुसंस्कारहरूको सागर को नाम हो रुढीवाद ।
धर्म र जातजातिको नाममा कसैमाथि पनि तुच्छ व्यवहार नगरौँ । धर्ममा जेलिएका युगाँैयुगदेखिका कुसंस्कारको विरोध अनि सुधारको आह्वान गराँै । जातजातिको नाममा विद्रोह सिर्जना गरेर ठूलो भइँदैन । जुनजुन धर्म माने पनि धर्म आफ्नो ठाउँमा रहन्छ । धर्मका सबै विचार सिद्धान्तहरूलाई मनन गर्नै पर्छ भन्ने छैन । धर्मलाई बलियो बनाउन धर्मावलम्बीहरूले नै सुधार्नु पर्छ । धर्मका अवधारणाहरूलाई संशोधन गर्न डराउनुपर्ने कुनै कारण नै छैन किनकि भगवान्ले विज्ञान र प्रविधिलाई यस धर्तीमा पठाएको कारण नै हो विकृतिहरूको पहाडलाई भत्काउन । हामीलाई डर के को जबकि आधुनिक ठुल्ठूला धर्मका प्रवर्तकहरू नै हाम्रै समर्थनमा सहभागी रहन्छन् ।
धर्ममा केही बन्देज र सीमाहरू पक्कै हुन्छन । जुनसुकै धर्म भनेको पनि अनुशासनको सीमा निर्धारण गर्ने मध्यम मात्र हो । तर, यसलाई अलिकति टाठाबाठा र समाजमा अलिकति हैसियत भएकाले समाजको सुरुआततिर नै आफ्नो हातमा लिएका थिए र धर्मको नाममा शासन गरिरहेका थिए र अहिले पनि छन् । तर, कुनै पनि धर्म मानिस र समाजको विरोधमा हुँदैन विपक्षमा हँुदैन । धर्मले मान्छेलाई फरक रूपमा हेर्दैन । यो त धर्मको नाममा भ्रम पैmलाउनेहरूले गरेको एउटा अन्याय मात्र हो ।
— खुसी पाठक
प्रतिक्रिया