यादव परिवारलाई क्षतिपूर्ति

पर्सा । भारतीय एसएसबीका जवानले प्रहार गरेको गोली लागेर मृत्यु भएका नेपाली नागरिकले आठ वर्षपछि क्षतिपूर्ति पाउने भएका छन् ।बाराको मटिअर्वा घर भएका ५० वर्षीय मुकुन्द राय यादवको २०६६ साल असोज १७ गते भारतको बिहार जमुनिया नजिकै एसएसबीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।
जमुनिया बजारबाट उपभोग्य सामान खरिद गरी फर्किने क्रममा एसएसबीसँग विवाद हुँदा यादवको गोली हानी हत्या गरिएको थियो । निर्दाेष व्यक्तिको हत्या भएको भन्दै दुवै देशका मानवअधिकारवादी संघसंगठन र विभिन्न संघसंस्थाले चर्काे विरोध गरेपछि आठ वर्षपछि मृतक नेपालीको परिवारले क्षतिपूर्ति पाउने भएका हुन् । एसएसबीका प्रहरी अधिकृतले बारा र पर्साका प्रहरी प्रशासनलाई यही वैशाख ७ गते पत्राचार गर्दै मृतक यादवलाई पाँच लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिएको जनाएको छ ।

प्रतिक्रिया