निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न ज्ञापन पत्र

पाँचथर । स्थानीय तह निर्वाचनमा बालबालिकाको प्रयोग हुन नदिनका लागि सरोकारवालहरूले ज्ञापन पत्र बुझाएका छन् । पाँचथरमा बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियानले जिल्लास्थित राजनीतिक दल, मुख्यनिर्वाचन अधिकृत, निर्वाचन कार्यालय जिल्लास्थित सञ्चार संस्थाहरूसहित बालअधिकारको क्षेत्रमा सरोकार राख्ने निकायहरूमा ज्ञापनपत्र बुझाएका हुन् । विगतका चुनावमा समेत बालबालिकाको प्रयोग भएको भन्दै कार्यलाई रोक्न पाँचथर जिल्लास्थित बालअधिकारका क्षेत्रमा आवद्ध संघसंस्थाहरूको भेलाले बालबालिका शान्ति क्षेत्र अभियानअन्तर्गत सञ्जाल निर्माण गरी कार्य गरिरहेको छ ।
अधिकारकर्मी तथा सञ्चारकर्मी लेखनाथ खतिवडाको संयोजकत्वमा गठित बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान पाँचथरले मंगलबार जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय जिल्ला निर्वाचन कार्यालयसहित जिल्लास्थित राजनीतिक दलहरूसहित सरोकारवालालाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । निर्वाचन आचारसंहितामा बालबालिकालाई प्रसारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने लगायत किटान गरिएको छ ।
विद्यालय शान्ति क्षेत्र अभियान राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका २०६८ समेत जारी भई राजनीतिक दलहरूले समेत त्यस विषयमा प्रतिवद्धताजाहेर गरिसकेको सन्दर्भमा निर्वाचनमा त्यसलाई कार्यान्वयन गर्न सचेत गराउने उद्देश्यले सरोकारवालाई ध्यानाकर्षण गरिएको हो ।
कार्यान्वयनका लागि नागरिक समाज समेतले प्रतिबद्धता गरेको र यस्ता कार्यलाई रोक्नका लागि सरोकारवाला निकायहरूबाट सुझाव र अनुगमनको अपेक्षा गरेको ज्ञापनपत्रमा उल्लेख छ ।
साथै ज्ञापनपत्रमा मतदान केन्द्रलाई अपांगमैत्री बनाउन, विद्यालयका भित्ता, वा पर्खालमा निर्वाचनसम्बन्धी पोस्टर नटाँस्न, भित्तेलेखन नगर्न, निर्वाचनको सन्दर्भमा विद्यालयको भौतिक संरचनामा पुगेको हानीनोक्सानी वा क्षतिको क्षतिपूर्तिसम्बन्धी निकायवाट नै गर्ने व्यवस्था मिलाउनका लागि गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछौँ, ज्ञापनपत्रमा उल्लेख छ ।
बालबालिका शान्ति क्षेत्र हुन्, विद्यालयलाई शान्ति क्षेत्र बनाऔँ भन्ने उद्देश्यमा सञ्चालित अभियानले देशैभरि आफ्नो सञ्जाल बनाई कार्य गर्दै आएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहाुदर बस्नेतले चुनावमा बालबालिकाको प्रयोग हुन नदिन आपूm सचेत भएर त्यसलाई रोक्न सक्दो प्रयास गर्ने बताए ।
यस्तै मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठ र जिल्ला शिक्षा अधिकारी राजकुमार विकले सरोकारको विषयमा कार्य गर्न प्रतिवद्धता जनाएका छन् ।विद्यालय शान्ति क्षेत्र कार्यान्वयन र बालबालिकाको स्थानीय चुनावमा प्रयोग नगराउनका लागि सचेत गराउन जिल्ला निर्वाचन कार्यालय, जिल्लाका राजनीतिक दलका प्रमुख, गाउँ तथा नगरपालिकाका कार्यकारी अधिकृत तथा राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान पाँचथरका संयोजक लेखनाथ खतिवडाले बताए ।

प्रतिक्रिया