‘पराइको सिन्दुर लिएर’ आए प्रेम

unnamed
काठमाडौं । नेपाल प्रहरीका जागिरे प्रेम श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । श्रेष्ठको स्वरमा रहेको ‘पराइको सिन्दुर…’ बोलको गीत भर्खरै बजारमा ल्याइएको छ । ताप्लेजुङको फुलबारीका प्रेमले पहिलो गीत ‘के छ तिम्रो मनमा….’ मार्फत धेरैको मन जित्न सफल भएका थिए भने अहिले ‘पराइको सिन्दुर…’ लिएर दर्शक÷स्रोतामाझ आएका छन् । युट्युबमार्फत् सार्वजनिक गरिएको भिडियोलाई छोटो समयमै दर्शकले राम्रै साथ दिएका छन् ।
रामकृष्ण महरको शब्द, दिपक शर्माको संगीत रहेको गीतमा प्रेम श्रेष्ठको स्वर रहेको छ । जीवन शाहीको निर्देशनमा बनेको गीतको भिडियोमा नायिका शिल्पा पोखरेल, प्रेम श्रेष्ठ आफैँ र सौरव अधिकारिको अभिनय रहेको छ । उनको मोडलिङ पनि तारिफ योग्य रहेको यस क्षेत्रकाहरु बताउँछन् ।

प्रतिक्रिया