‘हनुमान चालिसा’ अब अंग्रेजीमा

काठमाडौं । नेपालीले वीरता र बहादुरीको कृतिका रूपमा अध्ययन गर्ने गरेको ‘हनुमान चालिसा’लाई अब अंग्रेजी भाषामा समेत रूपान्तरण गरिएको छ । लेखक महेश्वर खनालले हनुमान चालिसालाई अंग्रेजी, नेपाली र नेपाली लोक (झ्याउरे) लयमा रूपान्तरण गरेका हुन् । हनुमान चालिसा पाठ गर्दा त्यसले सकारात्मक सन्देश दिने र दिनभर स्फूर्ति बढ्ने भएकाले संस्कृत भाषामा लेखिएको हनुमान चालिसालाई अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्यका साथ आफूले सानो प्रयास गरेको उनले बताए ।
आमनेपालीले पनि सहजरूपमा बुझ्न र पढ्न सकुन् भन्ने उद्देश्यले आफूले तीन वटै भाषामा रूपान्तरण गरेको लेखक खनालको भनाइ छ । कुल ५६ पेजको उक्त कृतिलाई सजिता पराजुलीले प्रकाशन गरेकी हुन् । पुस्तकले आमनागरिकलाई हनुमान चालिसा पढाउने लक्ष्यका साथ खनालले गरेको प्रयास सकारात्मक रहेको लेखक एवं विद्वान् रामबाबु खनालको भनाइ छ । राजनीतिक विश्लेषक मुमाराम खनालले हालै लोकार्पण गरेका थिए ।

प्रतिक्रिया