लामो समयपछि सरकारले स्थानीय तहको निर्वाचन मिति २०७४ वैशाख ३१ गतेलाई तोकेको छ । निर्वाचनको मिति घोषणासँगै हरेक पत्रपत्रिका, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालहरूमा निर्वाचनका समाचारहरूले पहिलो स्थान पाइरहेका छन् भने अर्कोतिर देशका कुनाकुनामा रहेका सुनसान गाउँ वस्तीहरूमा समेत निर्वाचनको माहोलले चहलपहल बढ्दो छ । गाउँ नफर्किने नेता तथा कार्यकर्ताहरू मतदाताका घर–घरसम्म विभिन्न थरिका आश्वासनका पोकाहरू बोकेर पुग्न थालिसकेका छन् । वर्षाँैदेखि स्थानीय स्तरबाट वनवास भएको राजनीतिक अधिकार पुनः प्राप्ति हुने आशाले स्थानीय नेता, कार्यकर्ता तथा जनताका मनमा पनि आशाको दियो बल्न थालेको छ । अझ पहिलो पटक संघीय संविधानले स्थानीय तहलाई विगतको तुलनामा बढी अधिकार सम्पन्न र शक्तिशाली बनाएकाले पनि यसपालिको स्थानीय तहको निर्वाचनलाई बढी चासोका साथ हेरिरहेको छ ।
स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा राजनीतिक दल र तिनका नेतृत्व उम्मेदवार छनोटमा केन्द्रित हुन थालेका छन् । उम्मेदवारका आकांक्षीहरू टिकट लिनका लागि पार्टी नेतृत्वसँग लभिङ गरिरहेका छन् भने नेतृत्व पंक्ति पनि सकेसम्म आफूनिकटहरूलाई टिकट दिनका लागि गृहकार्यमा जुटेका छन् । यहि चर्चा परिचर्चासँगै राजनीतिक दलहरू र तिनका नेतृत्वमाथि एउटा यक्ष प्रश्न खडा भएको छ । नेपालको सम्पूर्ण परिवर्तनहरूमा मुख्य भूमिका निर्वाह गरेका युवा पुस्ताहरूलाई समेट्ने कि नसमेट्ने ? त्यस्तै युवापुस्ताहरूमाथि पनि अर्को प्रश्न तेर्सिएको छ । सधैँ पुरानो पुस्ताको आलोचना र गालीगलौचमा अल्झिएर बस्ने कि लामो समयपछि आएको यो नेतृत्व लिने अवसरलाई सदुपयोग गर्दै नेतृत्व लिएर देशको राजनीतिक जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्ने सीप क्षमता र आत्मविश्वास नेपाली युवाहरूमा विद्यमान रहेको छ भनेर प्रमाणित गरेर देखाउने ?
स्थानीय निर्वाचन किन ?
नेपालको स्थानीय निकाय लामो समयदेखि नेतृत्वविहीन बनेको स्थानीय निर्वाचन नियमित भएको भए गत वर्ष भएको निर्वाचनबाट नयाँ पुस्ता जनप्रतिनिधि बन्ने थिए २०५४ सालदेखि स्थानीय निर्वाचन नहुँदाको असर स्थानीय तहमा मात्रै नभएर मुलुककै नेतृत्वलाई पर्ने देखिन्छ । समयमा निर्वाचन नहुँदा उर्जाशील उमेरका लाखौँ युवा नेतृत्वमा पुग्नबाट वञ्चित भएका छन् । जनप्रतिनिधिहरूको कार्यकाल सकिएपछि जनप्रतिनिधिले गर्नपर्ने काम कर्मचारीको थाप्लोमा आयो । त्यसमा पनि आफंैले चुनेको प्रतिनिधिको जस्तो व्यवहार कर्मचारीहरूबाट नभएको बुझाई सर्वसाधारणको छ ।
पुरानो पुस्तामा जतिसुकै चाहना भएपनि युवाहरूको तुलनामा जोश जाँगर र आत्मविश्वास साथ काम गर्न अलि गाह्रो छ । त्यसैले पुरानो पुस्तालाई फरक भूमिका दिनुपर्छ भन्ने हो असक्षम छन् भन्ने होइन । नेपालीमा एउटा उखान छ बाघ बुढो र स्याल तन्नेरी कहिल्यै हँुदैन पुरानो पुस्ता शारीरिक रूपमा जतिसुकै कमजोर भएपनि उनीहरूको सीप र अनुभव युवा पुस्ताका लागि ज्यादै महत्वपूर्ण हुनसक्छन् ।
नीति निर्माणदेखि नागरिकका हरेक काम सहज ढंगबाट हुन नसकेको र जनस्तरमा लोकतान्त्रिक अभ्यास हुन नपाएको अवस्थामा स्थानीय निर्वाचन अत्यावश्यक छ अझ सबैभन्दा ठूलो कुरा नेपाल संघीय प्रणालीमा प्रवेश गरेको छ । निर्वाचनपछि देशभरिमा निर्वाचित स्थानीय तहको क्रियाशीलताले एकातिर विकास निर्माण अभियानलाई योजनाबद्ध बनाउँछ भने अर्कोतिर जनताप्रति उत्तरदायी शासन व्यवस्था जनताको घर आँगनमा स्थापित हुनेछ । निर्वाचित स्थानीय तहमा निर्वाचित हुने जनप्रतिनिधिहरू स्थानीय जनताप्रति जवाफदेही र उत्तरदायी बन्ने प्रक्रियाको थालनी हुनेछ । यसले देशमा सुशासित शासन व्यवस्थाको सुरुआत पनि गर्नेछ । त्यति मात्र होइन लामो समयदेखि स्थानीय तहमा जारी अराजकता, मनपरीतन्त्र र भ्रष्टाचारलाई अन्त्य गर्दै जनताका आवश्यकतामा आधारित भएर जनसहभागितामा स्थानीय विकास पूर्वाधारहरूको निर्माण परिचालन र संरक्षणको व्यवस्थापन गर्नका लागि योगदान पु¥याउने छ । त्यसैले यो संविधानको कार्यान्वयन गर्दै जनतालाई संविधानप्रति अपनत्व महसुस गराई समृद्धिको यात्रामा अघि बढ्नका लागि पनि स्थानीय चुनाव अपरिहार्य छ ।
नेतृत्व हस्तान्तरण विवाद
नेपाली राजनीतिमा एक पुस्ताबाट अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने परम्परा विरलै पाइन्छ । हुन त नेतृत्व हस्तान्तरण गर्दैमा जादूमय विकास हुन्छ भन्ने होइन तर देशमा नेतृत्वमा रहेको पुस्ताबाट सकारात्मक छनक नदेखिएको अवस्थामा नेतृत्व परिवर्तन हुन आवश्यक छ तर यतिबेला पुरानो पुस्ताका नेताहरू आफ्नो त्याग र योगदानको कथा तेस्र्याएर टिकटका लागि बार्गेनिङ गरिरहेका छन् भने अर्कोतिर युवा पुस्ता पुराना पुस्तामा जोश जाँगर मरिसकेको र पुरानो पुस्ताको नेतृत्वका लागि देशले गति लिन नसकेको आरोप लगाउँदै आफूहरूले नेतृत्व पाउनुपर्छ भनिरहेका छन् । युवा नेतृत्व नै किन ?
युवा नेतृत्व नै किन ?
अहिले नेपालका राजनितिक दलहरूलाई युवा नेतृत्व स्थापित गर्दै आधुनिक शिक्षा, सूचना, प्रविधि र बौद्धिक युवा जमातलाई नेपाली राजनीतिमा स्थापित गर्ने सुनौलो अवसर प्राप्त भएको छ । स्थानीय ज्ञान, सीप र क्षमतासँगै आधुनिक विकास प्रणालिका बारेमा युवा ज्ञानको समिश्रणले नेपालको विकास आयामलाई अझ सुदृढ पार्ने अवसर युवाहरूलाई दिनु आवश्यक छ । नेपालमा युवा नेतृत्व हुनुपर्ने धेरै आधारहरू छन् ।
देशको जनसंख्याको ठूलो हिस्सा युवा पुस्ताले ओगटेको छ । शारीरिक दुबै दृष्टिकोणबाट पनि पुरानो पुस्ताको तुलनामा युवा पुस्तामा काम गर्ने जोश, जाँगर र आत्मविश्वास युवाहरूमा बढी रहेको पाइन्छ ।
नेपालका अधिकांश आन्दोलन र परिवर्तनहरूमा युवाहरूको नै मुख्य भूमिका रहेको छ । युवाहरूले नेतृत्व गरेका सबैजसो आन्दोलन र परिवर्तनहरू हरेक दृष्टिकोणबाट सफल पनि भएका छन् ।राजनीतिमा अहिले नेतृत्वमा रहेका पुस्ताबाट आशातित परिवर्तन र ठूलो उपलब्धि भएको छैन अहिलेको नेतृत्व एक अर्कामा दोषारोपण र नेतृत्व हत्याउने खेलमा नै अल्झिरहेको छ, यसको नकारात्मक असर राजनीतिसँगै देशको आर्थिक, शैक्षिक र सामाजिक क्षेत्रमा परेको छ । त्यसैले यो उपलब्धिविहीन अवस्था र राजनीतिक अस्थिरतालाई अन्त्य गर्नका लागि पनि युवा नेतृत्व आवश्यक छ ।
नेपालमा २०५४ साल यता स्थानीय निकाय नेतृत्वविहीन छ । २०५४ सालमा निर्वाचित जनप्रतिनिधिहरू अहिले प्रायः ५० कटिसकेका छन् उनीहरू शारीरिक र मानसिक दुबै दृष्टिकोणबाट विस्तारै निष्क्रिय हुँदैछन् भने २०५४ सालमा जन्मेको बच्चा अहिले २० वर्षको लक्का जवान बनिसकेका छन् । यो २० वर्षको अन्तरालमा राजनीतिमा धेरै ठूलो परिवर्तन भइसकेको छ समयले कोल्टे फेरिसकेको छ । विश्व नयाँ दुनियाँमा प्रवेश गरिसकेको छ त्यसैले पुरानो पुस्ताले आफूलाई परिवर्तन अवस्थाअनुकूल समायोजन गराउन युवा पुस्ताको तुलनामा धेरै कठिन छ ।
युवाहरूसधँै बलिको बोका मात्र बनाइएका छन् । चाहे नेतृत्वलाई जनतामाझ स्थापित गराउन होस् चाहे पार्टीलाई सरकारमा पु¥याउन सधै युवाहरू भ¥याङ मात्रै बने त्यस्तो परिपाटीको अन्त्यका लागि पनि युवाहरू नेतृत्वमा आउनु आवश्यक छ ।
नयाँ युवा पुस्ता र पुरानो पुस्ताको सोच, विचार, चाहना र काम गर्ने शैली सबै भिन्न छ नेतृत्व जतिसुकै उदार भएपनि पुरानो पुस्ताले युवा पुस्ताको भावनाको प्रतिनिधित्व गर्न सक्दैन त्यसैले युवा पुस्ताको भावनाको प्रतिनिधित्व गर्नका लागि युवाले मात्रै सक्छ त्यसैले पनि युवा नेतृत्व आवश्यक छ ।
पुरानो पुस्ताको भूमिका के ?
युवा पुस्ता र युवा नेतृत्वको वहस गरिरहँदा पुरानो पुस्ता काम नलाग्ने छन् भन्नु होइन तर जो जो व्यक्ति उसको शारीरिक र मानसिक दृष्टिकोणबाट जुन कामको लागि सक्षम छ, उसलाई त्यही भूमिका दिइयो भने मात्र ऊ सफल हुन सक्छ । पुरानो पुस्तामा जतिसुकै चाहना भएपनि युवाहरूको तुलनामा जोश जाँगर र आत्मविश्वास साथ काम गर्न अलि गाह्रो छ । त्यसैले पुरानो पुस्तालाई फरक भूमिका दिनुपर्छ भन्ने हो असक्षम छन्् भन्ने होइन । नेपालीमा एउटा उखान छ बाघ बुढो र स्याल तन्नेरी कहिल्यै हँुदैन पुरानो पुस्ता शारीरिक रूपमा जतिसुकै कमजोर भएपनि उनीहरूको सीप र अनुभव युवा पुस्ताका लागि ज्यादै महत्वपूर्ण हुनसक्छन् । त्यसैले पुरानो पुस्ताले युवा पुस्तालाई उचित सुझाव र मार्ग निर्देशन गर्दै खराब बाटोमा लाग्नबाट बचाउँदै सही बाटोमा डोहो¥याउने भूमिका निर्वाह गर्नुपर्छ ।
निष्कर्ष
भनिन्छ, मानिस कहिल्यै पूर्ण हँुदैन । राजनीतिमा पनि न त पुरानो पुस्ता पूर्ण छन् न त युवा युस्ता नै पुराना पुस्तामा सीप र अनुभव भएतापनि जोश जाँगर र आत्मविश्वास छैन । युवा पुस्तामा जोश जाँगर र आत्मविश्वास भएतापनि अनुभवको कमी छ । यस्तै युवा पुस्ता मतदातासँग पुराना पुस्ताका तुलनामा घुलमिल हुन सकिरहेका छैनन् भने पुराना पुस्ताले युवा पुस्ताका भावनाको प्रतिनिधित्व गर्न सकिरहेका छैनन् । त्यसैले अब देशलाई समृद्धिको यात्रामा अगाडि बढाउनका लागि पुरानो पुस्ताको सीप, अनुभव र युवा पुस्ताको जोश, जाँगर र आत्मविश्वासलाई फ्युजन गराउनु आवश्यक छ । त्यसका लागि पुरानो पुस्ताले सहज रूपमा नेतृत्व हस्तान्तरण गर्दै अभिभावकीय भूमिकामा बस्नुपर्छ र युवा पुस्ता सधैँ गालीगलौच र आलोचनामा अल्झिएर बस्नुको सट्टा नेतृत्व लिनका लागि अघि सर्नुपर्छ ।
प्रतिक्रिया