डुंगा दुर्घटनामा २० को मृत्यु ४० को उद्धार

 
याङ्गोन । पश्चिम म्यानमारमा करिब ८० जना लिएर शुक्रबार साँझ बन्दरगाह सहर पाथेन नजिकैको नदीमा हिँडेको एउटा डुंगामा अर्को एक सामान ओसार्ने डुंगासँग ठक्कर खाँदा भएको दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु भएको म्यानमारको अधिकारीले शनिबार बताएका छन् । डुंगामा यात्रारत करिब ४० जनालाई जीवितै उद्धार गरिएको छ । घटनामा मृत्यु हुनेमा १६ जना महिला र चार जना पुरूष रहेका क्षेत्रीय सांसद. आङ् थु हट्वीलाई उद्धृत गर्दे एफएफपीले जनाएको छ ।
स्थानीय सञ्चारमाध्यममले डुंगा एक विवाह समारोहमा सहभागी भई फर्केका स्थानीयले भरिएको थियो । म्यानमारमा डुंगाको भारवहन क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गर्दा बर्सेनि सयाँै मानिसको ज्यान जाने गरेको छ । सन् २०१६ को अक्टोबरमा भएको एक दुर्घटनामा मध्य म्यानमारमा रहेको चिनड्वीन नदीमा केही शिक्षक शिक्षिका र विद्यार्थीसहित ७३ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया